नेप्सेमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत, भोलिदेखि कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ । मंगलबार साविक सूर्या लाइफ र ज्योति लाइफबीच मर्ज भई समायोजित सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ४ करोड ५४ लाख ५५ हजार ७२१ कित्ता शेयर सूचीकृत भएको हो ।

‘एसजेएलआइसी’ सिम्बोलबाट सूचीकृत भएको हो ।

दुई कम्पनीबीच १ः०.८२४५ अनुपातमा मर्ज भई कायम हुन आएको सेयर आज सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको सेयर भोलिदेखि नै कारोबार गर्न सकिने गरिफुकुवा गरेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबार लागि ३ सय ७१.५९ रूपैयाँ ओपनिङ रेञ्ज तोकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स