आइएमई जनरल इन्स्योरेन्सको २५औं वार्षिक साधारण सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २५औं वार्षिक साधारण सम्पन्न भएको छ । सभा सोमबार होटल लि हिमालय, लाजिम्पाट काठमाडौंमा अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त सभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३१ प्रतिशत नगद गरि कुल ६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

सभाले गत आव २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गर्ने प्रस्ताव गरि पारित गरिएको छ । त्यस्तै, चालु आव २०७९/८० को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक नियुक्त गर्ने प्रस्तावलाई अनुमोदन गरिएको छ ।

साथै सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र नीजको पारीश्रमिक निर्धारण गर्ने, बीमा प्राधिकरणको निर्देशन बमोजिम कपनीको प्रबन्धपत्र र नियमावली समय सापेक्ष रुपमा संशोधन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन आएमा सो बमोजिम फेरबदल गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुष ३ गते नै बुकक्लोजको गरेको थियो । यसर्थ पुष २८ गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स