बीमा प्राधिकरणद्वारा अजोड इन्स्योरेन्स र युनाइटेड इन्योरेन्सबीचको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अजोड इन्स्योरेन्स लिमिटेड र युनाइटेड इन्योरेन्सबीचको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । पुस २९ गते प्राधिकरणको प्राप्त पत्रबाट यी दुई कम्पनीलाई एकआपसमा गाभ्न र गाभिन (मर्जर) प्रक्रियामा जान सहमति प्रदान गरेको हो ।

दुवै कम्पनी एक आवसमा गाभिएपछि नयाँ बन्ने कम्पनीको नाम ‘युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’ रहने सहमति भएको छ ।

यी दुई इन्स्योरेन्सबीच १००ः९० स्वाप रेसियो अनुपातमा मर्जर गर्ने प्रारम्भिक सहमति भएको छ।

पुस २७ गते दुई कम्पनीबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो ।

प्रारम्भिक सम्झौतापत्रमा अजोडका सञ्चालक चिरञ्जिवी दावा र युनाइटेड इन्स्योरेन्सका सञ्चालक रविन्द्र राज पन्तले हस्ताक्षर गरेका हुन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स