सगरमाथा इन्स्योरेन्सको लाभांश परिमार्जन, कति पुग्यो बोनस र नगद ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको लाभांश परिमार्जन भएको छ । नेपाल बीमा प्राधिकरणको निर्देशनमा कम्पनीले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्ताव गरेको लाभांशमा परिमार्जन गरेको हो।

कम्पनीको पुस ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६५७९ प्रतिशत नगद गरि कुल १३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

प्राधिकरणको निर्देशनपछि कम्पनीको पुस ३० गते बसेको संचालक समितिको बैठकले प्रस्तावित लाभांशमा संशोधन गर्दै १२.४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६५२६ प्रतिशत नगद गरि कुल १३.०५२६ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स