काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको लाभांश परिमार्जन भएको छ । नेपाल बीमा प्राधिकरणको निर्देशनमा कम्पनीले आर्थिक वर्ष २०७७/७८का लागि प्रस्ताव गरेको बोनस सेयरमा परिमार्जन गरेको हो।
कम्पनीको पुस १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४५५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
बीमा प्राधिकरणको निर्देशनपछि कम्पनीको पुस २९ गते बसेको संचालक समितिको बैठकले ८.९७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले नगद लाभांश प्रस्ताव नगरी बोनस सेयर मात्र वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरमा वितरण हुने छ ।