बीमा कम्पनी मर्जरः कसको रोजाइमा को, कसले कस्तो खेल्दै छन् खेल ?

काठमाडौं । पछिल्लो समय बैंक तथा बीमा कम्पनी मर्जर भेल नै आएको छ । ८ वटा ठूला बैंक एक आपसमा मर्ज तथा एक्विजिशन भएर ४ वटा बैंक बनेका छन् भने अझै ४ वटा बैंकहरू मर्ज तथा एक्विजिशन भएर २ वटा बन्दै छन् ।
ठूलो बैंक मर्जरको माहोल सेलाउन नपाउँदै बीमा कम्पनीहरूमा यस्तो अभ्यास सुरु भएको छ । हाल देशमा १८ जीवन र १८ वटा निर्जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । यी बीमा कम्पनीहरूलाई २०७९ चैतसम्मको समय सीमा दिएर नेपाल बीमा प्राधिकरणले पुँजी वृद्धि गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवन बीमा कम्पनीले साढे अर्ब रुपैयाँ पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । सोमध्ये नेपाल लाइफ, नेशनल लाइफ, शिखर इन्स्योरेन्स र नेको इन्स्योरेन्सको नेपाल बीमा प्राधिरकणले तोके बमोजिम पुँजी पुग्ने देखिएको छ ।

एशियन लाइफ इन्स्योरेन्सले भने बोसन, राइट र रिजर्भ फण्टबाट पुँजी पुर्याउने योजना अघि सारेको छ । त्यसैगरी सन नेपाल भने संस्थापकले नै पुँजी थप गर्ने योजना रहेको छ । एनएलजी, आईएमई, रिलायबलको पनि संस्थापकले नै पुँजी थप गर्ने भएका छन् ।

मेटलाइफ, एलआईसी, नेशनल, ओरिएण्टलमा विदेशी कम्पनीको लगानी रहेको छ भने राष्ट्रिय बीमा संस्थानलाई सरकारले १ वर्षभित्र कम्पनीमा जानु पर्ने ऐनले नै व्यवस्था गरेको छ । राष्ट्रिय बीमा कम्पनी अर्को सरकारी कम्पनी हो । यो कम्पनी को सँग मर्जरमा जाने कसरी जाने वा नजाने भन्ने टुंगो लागेको छैन ।

पाटर्नर खोजिरहेको युनाइटेड इन्स्योरेन्सले एकाएक अजोड इन्स्योरेन्सँग मर्जरमा जाने भएको छ । यसअघि प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्जरमा जाने भएका थिए । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले गत साउन १ गते प्राधिकरणबाट मर्जरमा जाने सहमति लिएका थिए ।

अजोडले पुुस २७ गते युनाइटेड इन्स्योरेन्ससँग मर्जरमा जाने सम्झौता गरेपनि उसको दाउ भने विदेशी लगानी भित्र्याएर पुँजी पुर्याउने थियो । यद्यपि अहिले देशकै ठूलो औद्योगिक घराना चौधरी ग्रूपसँग उसले गाँठ बाधेको छ ।

बीमा कम्पनीहरूको मर्जरमा बिग मर्जरको रुपमा लिइएको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी इन्स्योरेन्सको पनि मर्जर भाडिने प्रलव सम्भावना देखिएको छ । यी दुई कम्पनीबीच कम्पनीहरूको डीडीए रिपोर्ट आउनु अघि नै स्वाप रेसियोका विषयमा मतभेद हुँदा मर्जर भाडिने देखिएको हो ।

सगरमाथा इन्स्योरेन्ससँग मर्जरमा आउन लागेको लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य सगमाथाकोे भन्दा २० प्रतिशतले कम गर्न लागेपछि यी दुई कम्पनीे मर्जरमा नजाने संघारमा पुगेका हुन् ।

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स २०७९ असार ३० गते एक आपसमा मर्जर जाने प्रारम्भिक सैद्धान्तिक सहमति गरेका थिए । यो सहमति भएको ६ महिना पुग्न लाग्दा समेत कम्पनीहरूले अन्तिम स्वीकृत लिन सकेका छैनन् ।

आईएमई जनरल इन्स्योरेन्स (आईजिआई), प्रूडेन्सियल र नेपाल लाइफ इन्स्योरेन्स पनि मर्जरको तयारी छन् । यद्यपि यी तीन कम्पनी एक आपसमा मर्जरमा जाने भने पनि नेपाल इन्स्योरेन्सको हटका कारण भाडिने सम्भावना प्रवल छ । जसरी अजोड र प्रभू इन्स्योरेन्सको भाडियो, त्यसरी नै । नेपाल इन्स्यारेन्सले मर्जरमा जाँदाको पहिलो शर्त कम्पनीको लोगो, नाम र सधैभरि सञ्चालक समेत आफ्नो कम्पनीको हुनुपर्छ भनेर अडान लिएको छ ।

पुस १५ गतेसम्म एकीकृत कारोबार गरिसक्ने भनेर २०७९ जेठ ३ गते प्राधिकरणबाट प्रारम्भिक सैद्धान्तिक सहमति लिएका प्राइम, गुँरास र युनियन लाईफ इन्स्योरेन्सको मर्जर प्रक्रिया पनि त्यति उत्साहजनक हिसावले अघि बढ्न सकेको छैन । प्राइम र युनियन लाइफको डीडीए सकिएपनि गुँरास लाइफ डीडीए गराउने क्रममा छ । गुराँस इन्स्योरेन्सका कारणले यी तीन कम्पनीबीचको मर्जर प्रक्रिया केहि पछाडि धकेलिएको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सपनि मर्जरको तयारीमा रहेका छन् । दुबै कम्पनीको डीडीए सकिएको छ । २०७९ असार २९ गते प्राधिकरणबाट एक आपसमा मर्जरमा जान सैंद्धान्तिक सहमति लिएका यी दुई कम्पनीले पुस ३० गतेसम्म एकीकृत कारोबार गरिसक्ने योजना बनाएका थिए । तर, अहिलेसम्म एकीकृत कारोबार हुन सकेको छैन ।

प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स दोस्रो मर्जर सम्झौता गर्ने तयारीमा छन् । पुस महिनाभरिमा सम्झौता गरी फागनु १ गतेबाट एकीकृत कारोबार सुरु गर्ने योजना अघि सारेका यी दुई कम्पनीको मर्जर प्रक्रिया केहि लम्बिएको छ ।

सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स एक अर्कामा मर्जर भएर लक्ष्मी पूजाको दिन अर्थात कार्तिक १२ गतेदेखि एकीकृत कारोबार नै सुरु गरिसकेका छन् ।

नेपालको बीमा इतिहासमा पहिलो पटक मर्जर गरेर एकीकृत कारोबार गरेका हिमालय जनरल र एभरेष्ट इन्स्योरेन्सले भने गत साउन १ गतेबाटै एकीकृत कारोबार सुरु गरिसकेका छन् ।

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले पनि पुस ७ गते एकीकृत कारोबार गरिसकेका छन् ।
हुन त मर्जर जान त्यति सहज छैन । अझ बीमा कम्पनीमा पनि जीवन बीमा कम्पनीमा त अझ जटिलता छ । पुस ७ गतेबाट एकीकृत कारोबारमा गएको सूर्या र ज्योति लाइफकाबीच होस् या हिमालय जनरल र एभरेष्ट इन्स्योरेन्सकाबीच होस् प्रशासनिक कार्यदेखि कर्मचारी समायोजनमा दुविधा आएको देखिएको छ । तर पनि बीमा प्राधिकरणले तोकेको पुँजी पुर्याउन नसक्ने कम्पनीलाई मर्जर जानै पर्ने बाध्यता छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स