युनाइटेड इन्स्योरेन्सको २९ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. को २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज (पौष २७ )गते अनमोल ब्यांङकेट, शंखमुल काठमाडौंंमा सफलता पूर्वक सम्पन्न भएको हो ।

सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ । आर्थिक वर्ष २०७९/८० का लागी बाह्य लेखापरीक्षक श्री एम. जि. एस एण्ड एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको छ ।

कम्पनीको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने रकम ५ करोड १४ लाख ८ हजार बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश ०.२६३२ प्रतिशतले हुन आउने रकम २७ करोड ५ लाख ६८ हजार ४२१ वितरण गर्ने तथा सोहि बमोजिम प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ।

कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अुनपात बमोजिम संचालक समितिको गठन गर्ने तथा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय सर्वसहमतिले पारित गरेको छ ।

कम्पनीेको गत आ.व. २०७७/७८ को तुलनामा यस आ.व. २०७८/७९ मा बीमाशुल्क आर्जन ४२ प्रतिशतले वृद्धि भई १ अर्ब ५६ करोड ४५ लाख ८६ हजार गर्न सफल भएको छ ।

त्यसैगरी गत आ.व. २०७७/७८ को तुलनामा आ.व. २०७८/७९ मा कम्पनीको नाफामा ६८ प्रतिशतले वृद्धि भई १५ करोड ८३ लाख ६८ हजार भएको छ । साथै चालु आ.व.२०७९/८० को आश्विन मसान्त सम्ममा कम्पनीको खुद नाफा गत आ.व.२०७८/७९ को सोही अवधिको तुलनामा ९० प्रतिशतले वृद्धि भई २ करोड २६ लाख ९२ हजार भएकोे छ भने चालु आ.व.२०७९/८० को पौष ४ गते सम्ममा कम्पनीले ५१ करोड ५९ लाख २९ हजार बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स