आकस्मिक रुपले भयो अजोड र युनाइटेड इन्स्योरेन्सको मर्जर सम्झौता, डीडीएपछि स्वाप रेसियो तय

काठमाडौं । अजोड र युनाइटेड इन्स्योरेन्सले आकस्मिक रुपमा एक अर्कामा मर्जरमा जाने सहमति गरेका छन् । प्रभु इन्स्योरेन्स कम्पनीसँग मर्जर सम्झौता हिजो भंग गरेर आजै अजोड इन्स्योरेन्सले युनाइटेड इन्स्योरेन्स कम्पनीसँग मर्जर जाने सम्झौता गरेको छ ।

हिजो अपरान्ह १ बजे मर्जर सम्झौता तोडेको अजोडले हिजै राति १२ बजे युनाइटेड इन्स्योरेन्स कम्पनीसँग मर्जर सम्झौता गरेको हो । दुबै कम्पनीले डीडीए रिपानेर्टलाई आधार मानेर स्वाप रेसियो कायम गर्ने सहमति जुटाएर मर्जरमा जाने सहमति गरेका हुन् ।

युनाइटेड इन्स्योरेन्समा चौधरी ग्रूप र एनई ग्रूमको मुख्य लगानी रहेको छ भने अजोड इन्स्योरेन्सले प्रभूसँग मर्जरमा नगई विदेशी लगानी भित्र्याएर बीमा प्राधिकरणले भने अनुसारको पुँजी पुर्याउन खोजेको थियो । तर, अजोडले ठूला ग्रूप पाएपछि उसैसँग आफ्नो गाँठो बाधेको हो ।

हिजो मर्जर प्रक्रिया भंग हुने वित्तीकै सुरु भएको छलफल सकारात्मक रुपमा अघि बढेर सहमतिमा पुगेको अजोड इन्स्योरेन्सले हो । हिजै राति अबेर दुवै कम्पनीका बीचमा हस्ताक्षर भएको हो । आज युनाइटेड इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभामै सो सम्बन्धी तथ्यहरू सार्वजनिक गरिनेछ । सहमति पत्रमा दुबै कम्पनीका वार्ता टोलीका प्रमुखले हस्ताक्षर गरेका छन् भने युनाइटेड इन्स्योरेन्स कम्पनीका अध्यक्ष रविभक्त श्रेष्ठ र युनाइटेड इन्स्योरेन्स कम्पनीका अध्यक्ष आजाद श्रेष्ठले उपस्थित थिए ।

आधारातामा मर्जर सम्झौता गरेका अजोड इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब रहेको छ भने युनाइटेड इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ७ करोड रहेको छ । यदि यी दुई कम्पनी एक आपसमा मर्जरमा गए भने नयाँ बन्ने इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी २ अर्ब ७ करोड पुग्छ । बाँकी अपुग हुने पुँजी कम्पनीले अन्यमाध्यमबाट पुर्याउने भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स