१३ हजारभन्दा बढिले पाए कोरोना बीमाको दावी भुक्तानी

काठमाडौं । पहिलो चरणमा १३ हजारभन्दा बढिले कोरोना बीमा दावी भुक्तानी पाएका छन् । निर्जीवन बीमा कम्पनीहरूले भुक्तानी गर्न बाँकी रहेको कोरोना बीमा दाबी रकममध्ये पहिलो चरणमा१३ हजार १९९ बीमितको दाबी रकम भुक्तानी पाएका हुन् ।

कम्पनीहरूले गत आइतबारसम्ममा सो संख्याको पोलिसी बापत एक अर्ब १२ करोड रुपैयाँ भुक्तानी गरेका हुन् । अर्थमन्त्रालयले कोरोना बीमा दाबी भुक्तानीका लागि १ अर्ब रुपैयाँ निकासा गरेपछि कम्पनीहरूले पहिलो चरणको दाबी भुक्तानी दिइएको हो । कोरोना बीमा पोलिसी कार्यान्वयनको अवधि सकिएको २ वर्षपछि बीमितले सो रकम पाएका हुन् ।

पहिलो चरणमा कम्पनीहरूले व्यक्तिगत बीमा दाबीको मात्रै भुक्तानी गर्न सुरु गरेका थिए । नेपाल बीमक संघले पहिलो चरणमा व्यक्तिगत १५ हजार ९४८ बीमा दाबी बापत १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ वितरण गर्ने भनेको थियो । दाबी पोलिसीमध्ये दुई हजार ७४९ नै दाबी अस्वीकृति भएका छन् ।

निर्जीवन बीमा कम्पनीहरूले गत मंसिर १३ गते देखि पहिलो चरणको कोरोना दाबी भुक्तानी गर्न शुरु गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स