मर्जरमा जाने तयारी गरिरहेका तीन इन्स्योरेन्स कम्पनीमा विवाद !! यस्तो देखियो कारण

काठमाडौं । मर्जरमा जाने तयारी गरिरहेका आईएमई जनरल इन्स्योरेन्स (आईजिआई), पु्रडेन्सियल र नेपाल इन्स्योरेन्सको मर्जर भाडिने देखिएको छ । यी तीन वटा कम्पनीमा केही संचालकहरू एउटै व्यवसायिक घरानाका छन् ।

मर्जर प्रक्रियाका लागि छलफलकै बीच केहि समस्या आएका कारण अन्तिम निर्णय हुनु अघि नै यी ३ कम्पनीबीचको मर्जर भाडिने देखिएको हो । अन्तिम निर्णय नहुनुको प्रमुख कारण भनेको नेपाल इस्योरेन्स बनेको छ । नेपाल इन्स्योरेन्सले कम्पनीको नाम, लोगो र सञ्चालक समेत सधै बन्नु पर्ने अडान राखेपछि यी ३ कम्पनीबीच मर्जरमा समस्या देखिएको हो ।

बीमा प्राधिकरणले क्रस होल्डिङ भएका कम्पनीहरू एक आपसमा गाभिन निर्देश गरेकाले यी ३ कम्पनीले मर्जरमा जाने तयारी गरिरहेका थिए । नेपाल इन्स्योरेन्स, आईजिआई र प्ूडेन्सियल क्रस होल्डिङ भएको कम्पनी हुन् । यी कम्पनीबीच क्रस होल्डिङ भएकोले बीमा प्राधिकरणले यी कम्पनीहरूलाई मर्जर जान भनेको हो । यी तीन कम्पनी एक आपसमा मर्जर भए बीमा कम्पनीमा हालसम्मकै ठूलो मर्जर हुने देखिएको छ ।

समितिले एक वर्षभित्र तोकेको पुँजी पुराउन र क्रस हेल्डिङमा भएका कम्पनीहरूलाई मर्जरको विकल्प छान्न निर्देशन दिएसँगै तीन कम्पनीले बिग मर्जरको लागि छलफल अघि बढाएको हुन् । तर, नेपाल इन्स्योरेन्सले आफू बीमा क्षेत्रमा देशकै इतिहास बोकेको कम्पनी भएको भन्दै मर्जरमा कम्पनीको केहि परिवर्तन नगरी जानु पर्ने बताउँदै आएको छ । नेपाल इन्स्योरेन्स २००४ सालमा स्थापना भएको देशकै पहिलो बीमा कम्पनी हो ।

बीमा समितिले मर्जरमा जाने कम्पनीहरूलाई प्रोत्साहित सहित विभिन्न छुट र सुविधाको व्यवस्थासमेत गरेको छ । यी कम्पनीहरू बीमा समितिको निर्देशनअनुसार पुँजी पुर्याउनका लागि एक आपसमा गाभिन लागेका हुन् ।
नेपाल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स कम्पनीमा आइएमई ठूलो लगानीकर्ता हो । नेपाल इन्स्योरेन्स र पु्रडेन्सियल इन्स्योरेन्समा विशाल गुप्रको ठूलो लगानी छ । पारस्पारिक सम्बन्धका कारण यी तीन कम्पनीबीच मर्जर विषयमा छलफल केही समयअघि देखि नै उठ्दै आएको थियो ।

यस अघि पनि बीमा क्षेत्रमा पहिलो पटक आईएमई जनरल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सबीच मर्जर गर्नुपर्ने प्रस्ताव लिएर आईएमई जनरल बीमा प्राधिकरण पुगेको थियो । कम्पनीले तीन वर्ष पहिला नेपाल इन्स्योरेन्स कम्पनीसँग मर्जरको प्रस्ताव लिएर बीमा समिति पुगेको हो । विविध कारणले मर्जरमा असफल भएपछि कम्पनीले यस पटक भने बिग मर्जरमा जाने बताएको हो ।

यसै पनि आईएमई ग्रूपका अध्यक्ष चन्द्र ढकाल मर्जर प्रक्रियामा अगाडि छन् । उनले आजमात्रै बैंक अफ काठमाण्डूलाई ग्लोबल बैंकमा मर्ज गराएर एकीकृत कारोबार सुरु गरेका छन् । योसँगै ग्लोबल आईएमई बैंकमा मर्ज हुने बैंक तथा वित्तीय संस्थाको संख्या २१ पुगेको छ ।

बीमा क्षेत्रमा मर्जर नीति ल्याउनु अघि नै आईएमई जनरल मर्जर प्रस्ताव लिएर प्राधिकरण पुगको थियो । अहिले भने नेपाल बीमा प्राधिकरणले दिएको पुँजी समय सीमाभित्र पुर्याउन यी ती कम्पनी एक आपसमा मर्जरमा जाने तयारीमा जुटेका हुन् ।

हाल आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रूपैयाँ छ । प्रुडेन्सियल जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १० करोड ८५ लाख ४७ हजार रूपैयाँ र नेपाल इन्स्योरेन्सको १ अर्ब २४ करोड २३ लाख ३९ हजार रूपैयाँ छ । यी कम्पनी मर्ज भएमा नयाँ बन्ने कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५० करोड माथि पुग्ने छ । जबकि बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी साढे २ अर्ब रुपैयाँ भए पुग्ने बताएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स