प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । आइतबार बसेको कम्पनीको संचालक समितिको बैठकलेआर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ६.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३५ नगद लाभांश गरि कुल ७.०५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स