प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न सिटिजन्स लाइफले डाक्यो साधारणसभा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पाँचौं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने एजेण्डासहित आफ्नो पाँचौ सभा माघ १५ गते अलफ्ट होटल काठमाडौंमा साधारण सभा डाकेको हो ।

साथै, कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को लागि कम्पनीको लेखापरीक्षकमा जोशी एण्ड भण्डारी, चार्टर्ड एकाउन्टेन्ट्सलाई गरिएको नियुत्तिको अनुमोदन गर्ने र संचालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स