एलआईसी नेपाललाई हकप्रद जारी गर्न बीमा प्राधिकरणको स्वीकृति प्रदान

काठमाडौं । नेपाल बीमा प्राधिकरण (सेबोन)ले लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लाई हकप्रद सेयर निष्काशनका लागि स्वीकृति प्रदान गरेको छ । सेबोनले कम्पनीलाई पुस २१ गते हकप्रद निष्काशन गर्नका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको हो ।

सेबोनले कम्पनीलाई ८८ दशमलव ४५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्नका लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

कम्पनीले माघ ३ गते हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । सभाले पारित भएपश्चात लागू हुने गरी कम्पनीले प्राधिकरणबाट हकप्रद निष्काशन गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ८८।४५१६ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव गरेको छ । यस अनुसार कम्पनीले हाल कायम १ कित्ता बराबर ०.८८४५१ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैैयाँ रहेको छ । त्यसको ८८ प्रतिशत अर्थात २ अर्ब ३३ करोड ४८ लाख १६ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब ९८ करोड ८३ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स