सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दीमा जनचेतना कार्यक्रम, महजोडी पनि सहभागी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दी जिल्लामा बिहीबार बीमा सचेतनासम्बन्धी विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । बेनी बजारस्थित जिल्ला समन्वय कार्यालयको सभाहलमा राष्ट्रिय व्यक्तित्व तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका ब्रान्ड एम्बेसेडरद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यको कार्यक्रममा सहभागिता थियो ।

म्याग्दी जिल्लाका जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, त्यहाँका बैंक तथा वित्तीय संस्थाका कर्मचारी, विभिन्न समूह, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारी, अभिकर्तालगायत स्थानीय जनसमुदायको उल्लेख्य उपस्थितिमा भव्य कार्यक्रम सम्पन्न गरेको छ।

बेनी बजारमा करिब ३०० जनाको सहभागितामा बीमा सचेतनासम्बन्धी बृहत र्याली प्रदर्शन गर्दै कार्यक्रमको सुरुआत भएको थियो। कार्यक्रममा महजोडीले जीवन बीमा भविष्यको बचत र आपतको सहयोगी भएकाले जीवन बीमाको पहुँच हरेक नागरिकसम्म पुर्याउन जरुरी रहेको बताए ।

‘मानिसको जीवनको आफैँमा भर हुँदैन, नेपालमा स्वास्थ्य उपचार अत्यन्त महँगो छ, कम्तीमा आफूले सक्ने क्षमताको बीमा गरेमा त्यसले उपचारमा ढुक्क बनाउँछ, बिरामी हुनै नपरे भविष्यमा बचतका रुपमा फिर्ता पाइन्छ’, श्रेष्ठले भने ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले मानिसका चिन्ता र चुनौतीलाई व्यवस्थापन गर्ने सोचका साथ बीमाको अवधारणाको विकास भएको बताउँदै बीमाको पहुँचलाई विस्तार गर्नुपर्नेमा ध्यान आकर्षण गराए । उनले नयाँ कम्पनीका रुपमा स्थापित भएको सिटिजन लाइफले बीमितमा नवीन, नयाँ र आकर्षक सुविधासहित आएको बताए ।

कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत, जिल्ला समन्वय समितिका उपप्रमुख दिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदीलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स