सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको मर्जर भाँडिने प्रवल सम्भावना, डीडीए अगाडि नै स्वाप रेसियोमा विवाद

काठमाडौं । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको मर्जर भाडिने प्रवल सम्भावना देखिएको छ । यी दुई कम्पनीबीच स्वाप रेसियोमा कुरा नमिलेको हो । हुन त यी दुबै कम्पनीको डीडीए रिपोर्ट आउन नै बाँकी छ । सगरमाथा इन्स्योरेन्ससँग मर्जरमा आउन लागेको लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य सगमाथाकोे भन्दा २० प्रतिशतले कम गर्न लागेपछि यी दुई कम्पनीको मर्जर भाडिने देखिएको हो

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स २०७९ असार ३० गते एक आपसमा मर्जर जाने प्रारम्भिक सैद्धान्तिक सहमति गरेका थिउ यो सहमति भएको ६ महिना पुग्न लाग्दा समेत कम्पनीहरूले अन्तिम स्वीकृत लिन सकेका छैनन् ।
मर्जरमा जान लागेका यी दबै कम्पनी ठूला र पुराना पनि हुन् । सगरमाथा इन्स्योरेन्सको ठूलो कम्पनी भएको आफ्नै दम्भ छ भने लुम्बिनी पुरानो कम्पनी भनेर बसेको छ ।

सगरमाथाले लुम्बिनीलाई १००ः८० को स्वाप रेसियो कायम गर्न दवाव दिइरहेको छ । हाल सगरमाथाको चुक्ता पुँजी १ अर्ब ३३ करोड ३६ लाख २९ हजार रुपैयाँ छ भने लुम्बिनीको १ अर्ब ३१ करोड २७ लाख ८४ हजार रुपैयाँ रहेको छ । यदि बराबरी हैसियतमा मर्जर भएमा चुक्ता पुँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ ।

तर, सगरमाथा इन्स्योरेन्सले भने झै लुम्बिनीको प्रति सेयरको मूल्य ८० रुपैयाँ कायम रहेमा लुम्बिनीको चुक्ता पुँजी १ अर्ब ५ करोड २ लाख २७ हजार कायमा हुन्छ । लुम्बिनीको यो चुक्ता पुँजी सगरमाथा इन्स्योरेन्ससँग मर्ज हुँदा २ अर्ब ३८ करोड ३८ लाख ५६ हजार पुग्छ । बीमा समितिको पछिल्लो समय निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीहरूले चैतसम्म न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्नेछ ।

लुम्बिनीलाई मर्ज गर्दा पनि बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी नपुग्ने भएपछि सगरमाथाले अन्य माध्यमबाट चुक्ता पुँजी पुर्याउन रणनीति सहित लुम्बिनीसँग भएको सम्झौता तोड्न खोजेको हो । दुबै कम्पनीले मर्जरमा जानको लागि डीडीए गरिरहेका छन् । डीडीए रिपोर्ट आएपछि स्वाप रेसियो तय हुने भनिएपनि यी दुई कम्पनीको मर्जरले सफलता नपाउने देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स