बीमा प्राधिकरणले ८१ बुँदालाई स्पष्ट पार्न नियमावली बनाउन थाल्यो, कस्तो बन्ला त नियमावली ?

काठमाडौं । बीमा प्राधिरकणले बीमा ऐन २०७९, ले गरेका व्यवस्था कार्यान्वयनमा ल्याउन नियमावली बनाउन सुरु गरेको छ । बीमा ऐनमा ८१ वटा बुँदाहरू निर्धारण गरे बमोजिम तथा तोकिए बमोजिम भनेर उल्लेख गरिएको छ । सो बुँदालाई स्पष्ट पार्न तथा कार्यान्वयनमा लैजान नियमावलीको आवश्यता पर्ने भएकाले बीमा नियमावलीको ड्राफ तयार पार्न लागिएको हो ।

ऐन बनेपछि यसले गरेका व्यवस्थालाई कार्यान्वयनमा ल्याउन नियमावली बन्नु पर्ने हुन्छ । सो कारण नेपाल बीमा प्राधिकरण, अर्थ मन्त्रालय र कानुन मन्त्रालयका गरी ९ जनाको टिमले नियमावलीमा काम गरिरहेको बीमा प्राधिकरणले बताएको छ ।

प्राधिकरणसहितको टिमले तयार पारेको बीमा नियमावलीको ड्राफ अबको १५ दिनमा अर्थ मन्त्रालय पठाउने गरी काम भइरहेको छ । अर्थ मन्त्रालयले यस बीमा नियमावलीको अध्ययन गरी भएका कमी कमजोरी सच्याएर कानुन मन्त्रालयमा राय सल्लाह सुझावको लागि पठाउने छ ।

कानुन मन्त्रालयले वोके गरेपछि उक्त नियमावलीको मस्यौदा मन्त्री परिषदमा पठाइने र मन्त्री परिषदले पास गरेपछि छलफलका लानि संसदमा पठाउने गरिन्छ । बीमा प्राधिकरणले नियमावलीको ड्राफसँगै निर्देशिका संशोधन तथा परिमार्जन पनि गरिरहेको छ । विशेष गरी सुशासनको विषयलाई लिएर निर्देशिका संशोधन गर्न लागिएको प्राधिकरणको भनाइ छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स