शिखरसहित ६ कम्पनीले गरे अर्बको व्यवसाय, कुन कुन कम्पनीबीच प्रतिस्पर्धा ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूमध्ये शिखरसहित ६ कम्पनी अर्ब क्लबभन्दा माथि व्यवसाय गरेका छन् । १८ निर्जीवन बीमा कम्पनीमध्ये ६ वटाले चालु आवको मंसिरसम्म अर्बभन्दा धेरैको व्यसाय गरेका छन् भने बाँकी रहेका कम्पनीको व्यवसाय करोड मै सीमित छ ।

बीमा क्षेत्रको व्यवसायमार्फत अर्बपतिको क्लबमा प्रवेश गरेका शिखर र राष्ट्रिय बीमा कम्पनीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । अघिल्लो महिनासम्म शिखर इन्स्योरेन्सलाई राष्ट्रिय बीमा कम्पनीले व्यवसायमा उछिनेको थियो भने अहिले शिखर बढी बीमा शुल्क आर्जन गर्ने पहिलो कम्पनी बनेको छ । कार्तिक महिनामा राष्ट्रिय बीमा कम्पनीको बीमा शुल्क १ अर्ब ३१ करोड ११ लाख रुपैयाँ थियो भने १ अर्ब २७ करोड ३ लाख रुपैयाँमात्रै बीमा शुल्क आर्जन गरको थियो ।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सञ्चालनमा रहेका १८ निर्जीवन बीमा कम्पनीहरूमध्ये धेरै व्यवसाय गर्ने कम्पनीको सूचीमा शिखर इन्स्योरेन्सले चालु आवको ५ महिनामा १ अर्ब ५४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले १ लाख १ हजार ९९१ वटा कुल बीमालेख जारी गरी उक्त रकमको व्यवसाय गरेको हो।

शिखर पछि धेरै व्यवसाय गर्ने कम्पनीको सूचीमा राष्ट्रि बीमा कम्पनी परेको छ भने तेस्रो बीमा कम्पनी परेको भने सगरमाथा इन्स्योरेन्स, नेको इन्स्योरेन्सबीच पनि व्यवसायमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । सिद्धार्थ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको व्यवसाय पनि अर्बभन्दा माथि छ । यी दुई कम्पनीको व्यवसायमा पनि प्रतिस्पर्धा हुने देखिएको छ ।

प्राधिकरणको तथ्यांकअनुसार राष्ट्रिय बीमा कम्पनीले यस अवधिसम्ममा १ अर्ब ३४ करोड ७८ लाख रुपैयाँको कुल व्यवसाय गरेको छ । यस अवधिसम्ममा कम्पनीमा १९ हजार ८९२ वटा बीमालेख जारी भएका छन् ।

सगरमाथा इन्स्योरेन्स कम्पनीले यस अवधिसम्ममा १ अर्ब २९ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । मंसिरसम्ममा कम्पनीमा ९६ हजार ७९७ वटा कुल बीमालेख जारी भएका छन् ।

मंसिर महिनासम्ममा नेको इन्स्योरेन्सले १ अर्ब २७ करोड ८५ लाख रुपैयाँको कुल व्यवसाय गरेको प्रािधकरणको तथ्यांक छ । यस अवधिमा कम्पनीमा १ लाख १८ हजार ६३० वटा बीमालेख जारी भएका छन् ।

यस्तै, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले मंसिर महिनासम्मको अवधिमा १ अर्ब १३ करोड ५२ लाख र हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १० करोड २५ लाख रुपैयाँको कुल व्यवसाय गरेका छन् । सिद्धार्थ इन्स्योरेन्समा ८६ हजार ९२६ र हिमालयन एभरेष्ट इन्स्योरेन्समा १लाख ३ हजार ७७३ वटा बीमालेख जारी गरेर सो बीमा शुल्क आर्जन गरेको छ ।

अर्बभन्दा कम बीमा शुल्क आर्जन गर्ने कम्पनीको व्यवसाय कति ?
यस अवधिमा सानिमा जिआईसीले ८३ करोड १२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सानिमा जिआईसीले ६८ हजार ९४५ वटा बीमा लेख जारी गरि सो बीमा शुल्क आर्जन गरेको हो । जीआईसीले मंसिर महिनामात्रै १४ करोड ८१ लाख रपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

एनएलजी इन्स्योरेन्सले ७५ हजार २३५ वटा बीमालेख जारी गरी ९३ करोड ८० लाख ८६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीको मंसिर महिनाको बीमा शुल्क भने १५ करोड ७३ लाख रुपैयाँ रहेको छ ।
प्रिमियरले यस अवधिमा ६२ हजार ६७३ वटा बीमालेख जारी गरी ९० करोड १३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । प्रिमियमले मंसिर महिनामा २० करोड ७० लाख रुपैयाँको व्यवसाय गरेको छ । लुम्बिनी जनरलले ५६ हजार ३४९ वटा बीमालेख जारी गरी ७९ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । मंसिर महिनामा कम्पनीले १३ करोड २३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

आईएमई जनरलले चालु आवको मंसिर महिनासम्मा ७५ करोड ४० लाख रुपैयाँको कुल व्यवसाय गरेको छ । यस अवधिमा कम्पनीमा ४७ हजार १२२ वटा बीमालेख जारी भएका छन् । अजोड इन्स्योरेन्सले ७४ करोड १६ लाखको व्यवसाय गरेको छ ।

यस अवधिमा नेपाल इन्स्योरेन्सले ६८ हजार ३५९ वटा बीमालेख जारी गरी ६६ लाख ४९ हजार रुपैयाँ, दि ओरियन्टलले १६ हजार ३८८ वटा बीमालेख जारी गरी ५८ लाख ९५ हजार रुपैयाँ, प्रभुले ५१ हजार ६ वटा बीमालेख जारी गरी ६० करोड ४९ लाख रुपैयाँ र यूनाइटेड इन्स्योरेन्सले ५० करोड ४९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

प्रभु इन्स्योरेन्सले ६० लाख ४९ हजार रुपैयाँ र प्रुडेन्सियल इन्स्योरेन्सले ५३ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/01/Nonlife-monthly-insurance-business-Kartik-2079.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स