काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७९ जारी गरेको छ । प्राधिकरणले बीमा अभिकर्ताको परीक्षालाई व्यवस्थित, गुणस्तरीय र नियमित बनाउन बीमा ऐन २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरि निर्देशिका जारी गरेको हो ।
निर्देशिका अनुसार बीमा अभिकर्ताको परीक्षा अनलाइन माध्यमबाट सञ्चालन हुनेछ । परीक्षार्थीले परीक्षा अवधिभर पुरै अनुहार देखिने र आवाज सुनिने गरी भिडियो क्यामरा सुचारु राख्नु पर्ने छ भने परीक्षा अवधिभर विद्युत र इन्टरनेटको वैकल्पिक व्यवस्था आफैले गर्नुपर्नेछ ।
आचारसंहिता विपरीत कार्य गर्ने परीक्षार्थीको परीक्षा प्राधिकरणको अभिकर्ता इजाजतपत्र हेर्ने महाशाखा प्रमुखले रद्द गर्न सक्ने छ । परीक्षा रद्द भएको परीक्षार्थीले ३ महिनासम्म त्यस्तो परीक्षामा सामेल हुन पाउने छैन ।
बीमा अभिकर्ताको परीक्षामा दुई अंकभारको जम्मा ५० वटा वस्तुगत प्रश्नहरु हुनेछ भने परीक्षाको अवधि १ः३० मिनेटको हुने निर्देशिकामा व्यवस्था छ ।