१ महिनामै ७ हजार ६५० ले त्यागे बीमा पोलिसी, १ अर्बभन्दा बढीको सरेण्डर

काठमाडौं । मंसिर महिनामामात्रै १ अर्ब १ करोड रुपैयाँ बराबरको बीमाको पोलिसी सरेण्डर (समर्पण) भएको छ । मंसिर महिनामात्रै ७ हजार ६५० वटा पोलिसी सरेण्डर भएको हो

प्राधिकरणको तथ्यांक अनुसार यस महिनामा सबैभन्दा धेरै नेपाल लाइफको बीमा पोलिसी सरेण्डर भएको छ । मंसिर महिनामा मात्रै कम्पनीको ३३ करोड रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको हो ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल रहेको छ । कम्पनीको मंसिर महिनामा मात्रै १८ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ । तेस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीको ११ करोड रुपैयाँको पोलिसी सरेण्डर भएको छ ।

प्राईम लाइफको ८ करोड २३ लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थानको ७ करोड ९७ लाख रुपैयाँ, गुराँस लाइफको ४ करोड ९५ लाख रुपैयाँ, युनियन लाइफको ३ करोड ७७ लाख रुपैयाँ, एशियन लाइफको ३ करोड २५ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको हो । मेट लाइफको २ करोड ५० लाख रुपैयाँ, सूर्या लाइफको २ करोड १ लाख रुपैयाँ र ज्योति लाइफको १ करोड ३९ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको छ ।

रिलायन्स लाइफको ६९ लाख रुपैयाँ, प्रभु लाइफको ६४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको ५० लाख रुपैयाँ, सिटिजन लाइफको ४३ लाख रुपैयाँ, आइएमई लाइफको ३७ लाख रुपैयाँ पोलिसी सरेण्डर भएको छ । सन नेपाल लाइफको ३७ लाख रुपैयाँ, सानिमा लाइफले ३६ करोड रुपैयाँ, महालक्ष्मी लाइफले ३४ करोड रुपैयाँ पोलिसी सरेण्डर भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स