बीमा व्यवसायमा अग्रता लिँदै राष्ट्रिय बीमा संस्थान,१ महिनामै हजार प्रतिशतले बढ्यो व्यवसाय, (कुन कुन कम्पनी घट्यो)

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले मंसिर महिनामा हजार प्रतिशतभन्दा बढीले व्यवसाय बढेको छ । कार्तिक महिनासम्म ३६ करोड ४५ लाख रुपैयाँ रहेको बीमा संस्थानको बीमा शुल्क मंसिर महिनामा बढेर ४ अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । देशमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीमध्ये मंसिर महिनामा ११ कम्पनीको बीमा शुल्क घटेको छ भने ८ वटा कम्पनीको बीमा शुल्क बढेको छ ।

बीमा शुल्क बढाउने ८ कम्पनीमध्ये मंसिर महिनामा सबैभन्दा बढी बीमा शुल्क राष्ट्रिय बीमा संस्थानले आर्जन गरेको छ भने दोस्रो बढी बीमा शुल्क आर्जन गर्ने कम्पनीमा रिलायबल लाइफ इन्स्योरेन्स परेको छ । उक्त कम्पनीको मंसिर महिनामा १५.५१ प्रतिशतले बीमा शुल्क बढेको छ भने आईएमई लाइफ इन्स्योरेन्सको बीमा शुल्क वृद्धि प्रतिशत १५.२१ प्रतिशत रहेको छ ।

रिलायबल लाइफले मंसिर महिनामा २८ करोड ९४ लाख रपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने आईएमई लाइफले ३२ करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

कार्तिक महिनाको तुलनामा प्रभु लाइफको बीमा शुल्क ११.९४ प्रतिशतले बढेको छ । त्यसरी नै मेट लाइफको ११.३५ प्रतिशत, सिटिजन्स लाइफको ३.६६, ज्योति लाइफको ३.२७ र लाइफ इन्स्योरेन्स कर्पोरेशनको ०.७७ प्रतिशतले बीमा शुल्क बढेको छ ।

अन्य कम्पनीको भने बीमा शुल्क घटेको छ । मंसिर महिनामा सबैभन्दा बढी बीमा शुल्क महालक्ष्मी लाइफको घटेको छ । कार्तिक महिनाको तुलनामा मंसिर महिनामा महालक्ष्मी लाइफको बीमा शुल्क २३.७७ प्रतिशतले घटेको छ भने सूर्या लाइफको २३ प्रतिशतले, सानिमा लाइफको १६.८९ प्रतिशतले व्यवसाय खुम्चिएको छ ।

सन नेपाल लाइफको १६.७९, रिलाइन्स लाइफको १६.५२ प्रतिशतले, प्राइम लाइफको १६.४० प्रतिशत, गुराँस लाइफ इन्स्योरेन्सको बीमा शुल्क ११.५०, युनियन लाइफ९.३२ नेशनल लाइफको ५.५६ प्रतिशत, नेपाल लायफको ५.२९ प्रतिशत र एशियन लाइफको १.८० प्रतिशतले व्यवसाय घटेको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/01/Monthly-life-insurance-business_Mangsir2079.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स