एलआईसी नेपालद्वारा विशेष साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले विशेष साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले आउँदो माघ ३ गते विशेष साधारणसभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु गर्न लागेको हो ।

उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशतले हुने अर्थात १ः०.८८४५ को अनुपातले हुने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको हकप्रद सेयर (नेपाल बीमा प्राधिकरणबाट सैद्धान्तिक स्वीकृति प्राप्त हुन बाँकी) जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

हकप्रद जारी गरेपश्चात कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्तापुँजी वृद्धि हुने हुँदा सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

कम्पनीको प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन गर्ने सन्दर्भमा नियमनकारी निकायहरुबाट आवश्यक संशोधन, परिमार्जन, थपघट तथा भाषिक संशोधन गर्न सुझाव वा निर्देशन आएमा सोहीअनुरुप आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले यही पुस २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २४ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको विशेष साधारणसभामा भाग लिन पाउनेछन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स