आइएमई जनरल इन्स्योरेन्सको लाभांश संशोधन, घट्यो बोनसदर

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले लाभांश संशोधन गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश संशोधन गरेको हो ।

इन्स्योरेन्सले बीमा प्राधिकरणको निर्देशन बमोजिम कम्पनीको पुष १७ गते बसेको संचालक समितिको बैठकबाट प्रस्तावित लाभांश संशोधन गरेको हो ।

सोहि निर्देशन अनुसार कम्पनीले चुक्तापुँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश गरी कुल ६.३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

यसअघि इन्स्योरेन्सले उक्त आवको नाफाबाट ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद सहित ६‍.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स