सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको पुस १४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो हो ।

बैठकले उक्त आ.व को वित्तीय विवरण तयार गरि स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा लागी पेश गर्ने निर्णय गरेको छ। बीमा प्राधिकरणले वित्तीय विवरण पेश गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

सानिमा जनरल इन्सोरेन्स र जनरल इन्स्योरेन्स कम्पनी मर्ज भएर सानिमा जिआईसी इन्स्योरेन्स बनेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स