शिखर इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले लाधांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको संचालक समितिको बैंठकदे आर्थिक वर्ष २०७८/७९ को लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले हाल कायम चुक्तापुँजी २ अर्ब २८ करोड ६० लाख ८१ हजार २०० रुपैयाँको कुल १६.८४२१ प्रतिशतले हुन आउने ३८ करोड ५० लाख २४ हजार ८२ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा १६ प्रतिशतले हुन आउने ३६ करोड ५७ लाख ७२ हजार ९९२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.८४२१ प्रतिशतले हुन आउने १ करोड ९२ लाख ५१ हजार ९० रुपैयाँबराबरको नगद लाभांश छन्।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स