सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सलाई मर्जरका लागि अन्तिम स्वीकृति प्रदान, पुस ७ गतेबाट एकीकृत कारोबार गर्ने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई एकीकृत कारोबारको लागि स्वीकृति प्रदान गरिएको छ ।

बिहिबार बीमा प्राधिकरणले यी दुई कम्पनीलाई एकीकृत कारोबार गर्नका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । प्राधिकरणले स्वीकृती प्रदान गरेसँगै अब आगामी पुस ७ गतेबाट यी दुवै कम्पनीले एकीकृत कारोबार गर्ने भएका छन् ।

बुधबार (मंसिर २८ गते) दुवै कम्पनीले संयुक्त रुपमा अन्तिम स्वीकृतिका लागि प्रधिकरणमा निवेदन दिएका थिए ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका बीचमा डिडिए र एक्चुरियल भ्यालुएशनको आधारमा स्वाप रेसियो १००ः८२।४५ कायम भइसकेको छ । मर्जरपछि नयाँ बन्ने कम्पनीको अध्यक्ष सूर्या लाइफका केशव प्रसाद भट्टराई हुने छन् भने सिईओ ज्योति लाइफबाट प्रकाशविक्रम खत्री हुने छन् ।

मर्जरपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५५ करोड हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स