एकीकृत कारोबारको अनुमति माग्दै सूर्या र ज्योति लाइफ पुगे बीमा प्राधिकरणमा

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबारको अनुमति माग गर्दै आज बीमा प्राधिकरणमा संयुक्त निवेदन दिएका छन् । बीमा प्राधिकरणले तत्कालै आवश्यक जाँच बुझ गरी अन्तिम स्वीकृत दिने तयारी गरेको छ । सम्भवतः भोलि नै एकीकृत कारोबारको लागि स्वीकृत हुने बीमा समिति सम्बद्ध स्रोतले जनाएको छ ।
गत असार १२ गते भएको सम्झौता अनुसार दुई जीवन बीमा कम्पनी सूर्या र ज्योति लाइफले मर्जरमा जाने सम्झौता गरी प्रक्रिया अन्तिम चरणमा पुर्याएका छन् । डिडिए, बीमाङ्कीय मूल्याङ्कन तथा साधारणसभाबाट अन्तिम सम्झौता समेत पारित गरेपछि एकीकृत कारोबार गर्न लागेका हुन् । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबार सुरु गर्न अन्तिम स्वीकृतिको लागि बीमा प्राधिकरणमा निवेदन दिएका हुन् ।

दुवै कम्पनीहरुले नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई नियामक निकाय बीमा प्राधिकरणमा अन्तिम स्वीकृतिका लागि आवेदन दिएको बीमा प्राधिकरणले जनाएको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका बीचमा डिडिए र एक्चुरियल भ्यालुएशनको आधारमा स्वाप रेसियो १००ः८२।४५ कायम भइसकेको छ । मर्जरपछि नयाँ बन्ने कम्पनीको अध्यक्ष सूर्या लाइफका केशव प्रसाद भट्टराई बनेका छन् भने सिईओ ज्योति लाइफबाट प्रकाशविक्रम खत्री बनेका छन् । मर्जरपछि कम्पनीको चुक्ता पुँजि चार अर्ब ५५ करोड हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स