५ बीमा कम्पनीलाई प्राधिकरणले दियो आईपीओ निष्कासन गर्ने अनुमति

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणले पाँच नयाँ जीवन बीमा कम्पनीहरूलाई तत्काल आईपीओ जारी गर्न अनुमति दिएको छ । लामो समयदेखि आईपीओ जारी गर्न नसकेर अल्झिरहेका रिलायबल नेपाल लाइफ, सन नेपाल लाईफ, सिटिजन लाइफ, आईएमई लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीलाई आईपीओ जारी गर्न प्राधिकरणले स्वीकृत दिएको हो ।

नेपाल बीमा प्राधिकरणले दोस्रो बजारमा नआएका बीमा कम्पनीलाई साधारण सेयर ‘आईपीओ’ जारी गर्न निर्देशन दिएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडलले जानकारी दिए । ‘ प्राधिकरणले ५ वटा कम्पनीलाई आईपीओ जारी गर्न स्वीकृत दिएको छ,’ उनले भने ‘अब यी कम्पनीले प्रक्रिया पुरा गरेर आईपीओ जारी गर्नेछन् ।’

विद्यमान व्यवस्थाअनुसार बीमा कम्पनीहरूले ३० प्रतिशत सेयर अनिवार्य सर्वसाधरणलाई जारी गर्नुपर्ने व्यवस्था छ । जसमा ५ प्रतिशत कर्मचारीका लागि छुट्टाउन सक्ने व्यवस्था सकिने व्यवस्था छ । निष्काशन गर्ने सेयर बढीमा ४९ प्रतिशत स्वामित्व सर्वसाधरणको हुने गरि निष्काशन गर्न पनि सकिन्छ । कम्पनीमा गरिएको लगानी सुरक्षित राख्न सेयर संरचनाको कम्तिमा ५१ प्रतिशत संस्थापक समूहको हुनुपर्ने कानुनी व्यवस्था हो । कम्पनीहरूले स्थापना भएको १ वर्षपछि सेयर निष्काशन गर्न सक्छ्न् । तर, यति समय भित्रमा गर्नुपर्छ भन्ने कुनै बाध्यात्मक व्यवस्था भने छैन।

कानुन अनुसार यति वर्ष भित्रै सर्वसाधरणलाई सेयर दिनुपर्छ भन्ने नभएपनि कानुनको मर्म अनुसार कम्पनीले न्यूनतम ३० प्रतिशत सेयर समयमै जारी गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स