मर्जरमा जाने सहमति गरेका १४ बीमा कम्पनी के गर्दैछन् ?

काठमाडौं । साउन १ गतेसम्म १९ वटा बीमा कम्पनीहरूले तत्कालीन बीमा प्राधिकरणबाट मर्जरमा जान प्रारम्भिक स्वीकृति पाएका थिए ।

बीमा समितिले २०७९ चैतसम्म जीवन बीमा कम्पनीहरूलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरूलाई २ अर्ब रूपैयाँ चुँक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो ।

तोकिएको चुँक्ता पुँजी पुर्याउने उद्देश्यले १९ कम्पनीले बीमा प्राधिकरणबाट प्रारम्भिक सहमति पाइसकेका छन् । प्रारम्भिक सैद्धान्तिक सहमति पाएका कम्पनीमध्ये हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले संयुक्त कारोबार पनि सुरु गरिसकेका छन् भने अन्य पाइप लाइनमा छन् ।

सानिमा जनरल र जनरल इन्स्योरेन्सले पनि लक्ष्मी पूजाको दिन संयुक्त कारोबार गरिसकेका छन् । अन्तिम असारमा प्रारम्भिक सम्झौता गरेका यी दुई कम्पनी १ः१ अनुपातमा मर्जरमा गएका हुन् ।

प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स यसरी प्रारम्भिक स्वीकृति पाएर एक आपसमा मर्जरमा जान लागेका छन् । सूर्या लाइफ र ज्योति लाइफ, प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इस्योरेन्स, रिलायन्स लाइफ र सानिमा लाइफ, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इस्योरेन्स, महालक्ष्मी लाइफ र प्रभु लाइफ, प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्जरमा जान लागेका हुन्।

प्राइम लाइफ इन्स्योरेन्स, गुँरास लाइफ र युनियन लाइफ इन्स्योरेन्सले कार्तिक १ गतेदेखि संयुक्त कारोबार गर्ने भनि २०७९ जेठ ३ गते प्रारम्भिक सैद्धान्तिक सहमति गरेका थिए । यी कम्पनीले संयुक्त कारोबार गर्न तोकिएको समय अवधि सकिएको ५० दिन बित्न लागेको छ र तर, मर्जरमा जानको लागि देखिने गरी कुनै कार्य सम्पादन हुन सकेको छैन ।

तेस्रो पुस्ताको युनियन लाइफ र पुराना दुई कम्पनी प्राइम र गुँरास एक अर्कामा मर्जर जाने सहमति भएपनि ती कम्पनीले निर्धारित समय सीमाभित्र कार्य सम्पादन सकेको देखिदैन ।

मर्जरमा जान लागेका प्राइम लाइफको २ अर्ब ७७ करोड, गुराँस लाइफको २ अर्ब ८ करोड र युनियन लाईफको २ अर्ब १५ करोड चुँक्ता पुँजी छ । यी कम्पनी १.१ अनुपातमै मर्जर गएमा नयाँ बन्ने कम्पनीको चुक्ता पुँजी ७ अर्ब रूपैयाँ पुग्नेछ। जीवन बीमा कम्पनीहरूमध्ये पुँजीको आधारमा यो कम्पनी दोस्रो ठूलो कम्पनी हुनेछ । हाल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै ८ अर्ब २० करोड चुँक्ता पुँजी छ ।

गत कार्तिक १ गते नै संयुक्त कारोबार गर्ने गरी २०७९ असार १३ गते प्रारम्भिक सम्झौता गरेका यी दुई कम्पनीले पनि निर्धारित समय सीमाभित्र संयुक्त कारोबार गर्न सकेनन् । जति सक्दो छिटो संयुक्त कारोबारमा जाने रणनीतिक योजनाका साथ अघि बढेका यी दुई कम्पनीको मर्जरमा पनि अन्योलता देखिएको छ ।

सूर्या लाइफ र ज्योति लाइफ एक आपसमा बराबरीमा मर्जरमा गए मर्जर भएमा नयाँ बन्ने कम्पनीको चुँक्ता पुँजी ४ अर्ब ९७ करोड रूपैयाँ पुग्नेछ । चुँक्ता पुँजी क्रमशः दुई अर्ब ५५ करोड र दुई अर्ब ४२ करोड रूपैयाँ छ ।

रिलाइन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सले पनि मर्जरमा जाने सहमति गरेको करिब ५ महिना पुग्न लागेको छ । यद्यपि दुई कम्पनीले भने संयुक्त कारोबारको मिति पुसन २९ गतेलाई तोकेका छन् ।

रिलायन्स लाइफ र सानिमा लाइफको मर्जर सम्पन्न भएमा चँुक्ता पुँजी करिब दुई अर्ब १८ करोड रूपैयाँ पुग्नेछ । रिलायन्स लाइफको हाल २ अर्ब १० करोड र सानिमा लाइफको २ अर्ब ८ करोड रूपैयाँ चुँक्ता पुँजी छ । यी कम्पनीहरूबीच एक बराबर एक अनुपातमा मर्जर हुने सम्झौता भएको छ

महालक्ष्मी लाइफ र प्रभु लाइफ पनि एक अर्कामा मर्जरमा जाने सहमति गरेका छन् । यी दुई कम्पनीले पुस १ गतेदेखि संयुक्त कारोबार गर्ने मिति तय गरेका छन् । साउन १ गते एक आपसमा मर्जरमा जाने सहमति गरेका यी दुई कम्पनीको मर्जर पछि चुँक्ता पुँजी ४ अर्ब १० करोड पुग्नेछ।

महालक्ष्मी लाइफ र प्रभु लाइफमा महालक्ष्मी लाइफले हालसम्म सर्वसाधारणमा सेयर जारी गरेको छैन । महालक्ष्मीको हाल र्२ अर्ब १० करोड चुँक्ता पुँजी छ भने प्रभु लाइफको दुई अर्ब चुक्ता पुँजी पुगेको छ ।

प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले पनि फागनु १ गते संयुक्त कारोबार गर्ने गरी साउन १ गते सैद्धान्तिक सहमति गरेका थिए । प्रभु इन्स्योरेन्सको एक सय सेयर बराबर अजोड इन्स्योरेन्सको ८० कित्ता हुनेगरि मर्जर सम्झौता भइसकेको छ । हाल प्रभुको एक अर्ब २८ करोड र अजोडको एक अर्ब रूपैयाँ चुँक्ता पुँजी छ । मर्जरपश्चात् बन्ने कम्पनीको पुँजी २ अर्ब आठ करोड रूपैयाँ हुनेछ ।

प्रिमियम इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स मंसिर १ गते संयुक्त कारोबार गर्ने गरी असार ३० गते संद्धान्तिक सहमति गरेका थिए । मर्जरमा जाने तयारीमा रहेका सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स कम्पनीको चुँक्ता पुँजी क्रमशः एक अर्ब २८ करोड ८० लाख रूपैयाँ र एक अर्ब २२ करोड ७६ लाख रूपैयाँ छ । यी कम्पनी एक बराबर एक अनुपातमा मर्जरमा जान लागेका छन्। यसो भएमा मर्जरपछि बन्ने कम्पनीको चुँक्ता पुँजी २ अर्ब ५१ करोड ५६ लाख रूपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स