लक्की र शंकर ग्रुपलाई दुई दुई वटा लाइसेन्स, अन्य लघुवीमा को-कसको हातमा ?

काठमाडौं । नयाँ कनसेप्टका साथ सुरु गरेको लघुबीमाको अवधाराणमा सात कम्पनीले पाएका छन् । नेपालमा बीमा पहुचवालामा मात्र भयो साँच्चिकै गरिब किसानले पाएनन् भनेर लघुवीमा अवधारणा अघि सारिएको छ । बीमा प्राधिकरणले हालै वितरण गरेको लघु बीमाको लाइसेन्स अधिकांश ठूला व्यापारिक घरानाले पाएका छन् । लाइसेन्स पाउनेमा सुलभ अग्रवाल समेत सहभागी भएको शंकर ग्रुपले दुई वटा पाएको छ । त्यस्तै, अर्को लक्की ग्रुपले दुई वटा लाइसेन्स पाएको छ ।

लाइसेन्स पाउने अन्य भाग्यमानीहरुमा खेतान ग्रुपका राजेन्द्र खेतान, बुटवलस्थित साइन रेसुंगा बैंक सम्बद्ध टोलीले लिबर्टी नामको लघु बीमा कम्पनीको लाइसेन्स पाएको छ ।

नयाँ लाइसेन्स पाउनेहरुले एलओआई पाएर प्रक्रिया अघि बढाइसकेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स