नेशनल लाईफ इन्स्योरेन्सको ३४ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको ३४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा आज मंसिर १८ गते अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको हो ।

सभाले आ.व. २०७७/०७८ को लागि चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर जारी गर्ने र सो बोनस सेयर वापतको कर प्रयोजनको लागि ३,१८,५६,५१२ ( नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । नियामक निकायले यहि २०७९ साल चैत्र मसान्त सम्म जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पु¥याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको पारित भएको बोनस सेयर लाभांशवाट कम्पनीको चुक्ता पूँजी ४,६४,०४,३१,८७५ पुगेको छ र वाँकी रहने चुक्ता पूँजी आगामी दिनमा तोकिएको समय भित्र सहज रुपमा पुग्ने स्थिति छ ।

आ.व.२०७७/०७८ मा कम्पनीको सबै वित्तिय सूचांकहरु उत्साहप्रद रहेको छ । कम्पनीको कूल बीमाशुल्क ३५.१५ प्रतिशतले वृद्धि भई १,२५२.४६ करोड पुगेको छ । जीवन बीमा कोष २५.६३ प्रतिशतले बृद्धि भई ४,२०४ करोड पुगेको र कूल लगानी २३.२० प्रतिशतले बृद्धि भई ३,९२४.७० करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको वार्षिक औसत प्रतिफल सन्तोषजनक छ र सो आ.व.२०७७/०७८ मा ९.६७ प्रतिशत कायम रहेको छ ।

 

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स