एनएलजी इन्स्योरेन्सले १०.५२ प्रतिशत लाभांश दिने, नगद र बोनस कति ?

काठमाडौं । एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷०७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पुँजी १ अर्ब ३२ करोड ६६ लाख १४ हजार ३५५ को १०.०० (दस) प्रतिशतका दरले बोनस सेयरको रुपमा लाभांश १३ करोड २६ लाख ६१ हजार ४३६ प्रदान गर्ने, तथा प्रस्तावित उक्त बोनस सेयरमा लाग्ने कर रकमका लागि ०.५२६३१५८ प्रतिशतका दरले ६९ लाख ८२ हजार १८१ नगद लाभांशबाट समायोजन गर्ने प्रस्ताव गरेको हो ।

बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स