प्रभु र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार फुकुवा, आइतबारबाट कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्रभु इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरिदएको छ । नेप्सेको मङ्सिर १५ गतेको निर्णय अनुसार मर्जर प्रयोजनका लागि रोक्का रहेको यी २ कम्पनीको सेयर कारोबार फुकुवा भएको हो ।

नेप्सेले आधारभूत सेयरधनीहरुबाहेकका अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा भएको हो। योसँगै अब आगामी आइतबार कम्पनीको सेयर कारोबारमा आउने छ ।

प्रिमियर इन्स्योरेन्सले सिद्धार्थ इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेपछि कम्पनीको कारोबार गत असार २८ गतेबाट रोक्का भएको थियो ।

त्यस्तै, प्रभु इन्स्योरेन्सले अजोड इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेपछि भदौ १ गतेबाट सेयर कारोबार रोक्का भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स