२ करोड बीमा गरेकै भोलिपल्ट सरेन्डर गर्ने प्रवृत्तिलाई रोक्ने अध्यक्ष सिलवालको भनाइ

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले २ करोड बीमा गरेकै भोलिपल्ट सरेन्डर गर्ने प्रवृत्तिलाई रोक्ने बताएका छन् । सिलवालले रिलायन्स लाइफले गरेको दाबी भुक्तानीको चेक प्रदान गर्दै यस्तो बताएका हुन् ।

नयाँ आर्थिक वर्षमा १ सय वटा स्थानीय तहमा पुगेर बीमा सचेतनाका कार्यक्रम चलाउने बताएका छन् । ‘दैनिक २ रुपैयाँ तिर्न सक्नेको पनि बीमा हुनुपर्छ,’ सिलवालले भने, नागरिकमा बीमा शिक्षा पुगेन, अब गाउँगाउँ जानपर्छ ।’ एकै व्यक्तिले दुई करोडको बीमा गर्ने र भोलिपल्टै सरेन्डर गर्ने काम पनि भइरहेकामा अब त्यस्तो काम रोक्ने उनले बताए ।

सिलवालले जीवन बीमा कम्पनीहरूलाई अन्डरराइटिङमा ध्यान दिन पनि सुझाव दिए । कम्पनीहरुले सिमित जनशक्ति बाट काम चलाएकाले सुशासनमा समस्या देखिएको उनको भनाइ छ । एउटा व्यक्ति १८ देखि २० वर्ष सम्म एउटै विभागमा राख्ने काम बन्द गर्न पनि उनले निर्देशन दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स