प्राधिकरण अझ कठोर बन्दै, अब १ प्रतिशत संस्थापक सेयर खरिद गर्नदेखि बीमकले इच्छाइएको व्यक्तिसम्मको प्रहरी रिपोर्ट आवश्यक

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अझ कठोर बन्दै गएको छ । बीमाच क्षेत्रमा देखिएका विकृति, सम्पत्ति शुद्धीकरण तथा आतंककारी गतिविधिलाई न्यूनीकरण गर्न प्राधिकरणले नयाँ व्यवस्था लागू गरेको हो ।

बीमा कम्पनीहरुको १ प्रतिशतभन्दा बढी सेयर खरिद गर्नको लागि प्रहरी रिपोर्ट आवश्यक पर्ने व्यवस्था गरेको छ । बीमा प्राधिकरणले कम्पनीहरूको १ प्रतिशत बढी संस्थापक सेयर खरिद गर्न स्वीकृति लिनको लागि निवेदनका साथमा प्रहरी प्रतिवेदन समेत पेश गर्नु पर्ने व्यवस्था गरेको हो ।

सम्पत्ति शुद्धीकरण तथा आंतककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बीमकले अपनाउनुपर्ने निरोधात्मक उपायहरुलाई थप प्रभावकारी बनाउन प्राधिकरणले यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार बीमक कम्पनीको सीईओ तथा सञ्चालक बन्न प्रहरी प्रतिवेदन आवश्यक पर्ने भएको छ ।

बीमा कम्पनीहरूका सञ्चालक तथा कार्यकारी प्रमुखको नियुक्त गर्दा निजको अपराधिक पुष्ठभूमिबारे जानकारी राख्न प्रहरी प्रतिवेदन अनिवार्य लिन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

प्राधिकरणले यस प्रकृयालई थप प्रभावकारी बनाउन बीमा कम्पनीहरूलाई ६ बुँदे निर्देशन दिएरै सचेतता अपनाउन भनेको छ । प्राधिकरणले बीमालेखमा बीमितको परिचय खुल्ने कागजात जस्तै, नेपाली नागरिकता र सरकारी निकायबाट जारी परिचय खुल्ने अन्य कागजात अनिवार्य व्यवस्था गर्न निर्देशन दिएको छ । कम्पनीले बीमालेखमा हितग्राही उल्लेख गर्दा उक्त व्यक्ति उच्च राजनैतिक व्यक्ति हो÷होइन एकिन गनुपर्ने निर्देशनमा उल्लेख रहेको छ ।

प्राधिकरणका अनुसार २५ लाख भन्दाबढी बीमाङ कायम गरी जीवन बीमालेखमा इच्छाइएको व्यक्तिसँगको सम्बन्ध खुल्ने कागजात अनिवार्य लिनुपर्ने जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स