शिखर इन्स्यारेन्सको १८ वर्षे यात्राः २२८ करोडको कम्पनीसहित अत्यधिक प्रतिफल दिने बन्यो पहिलो इन्स्योरेन्स

काठमाडौं । २०६१ मंसिर २ गतेबाट औपचारिक रुपमा बीमा सेवा शुभारम्भ गरेको शिखर इन्स्योरेन्सले अठार वर्ष पुरा गरी १९ औ वर्षमा प्रवेश गर्दैछ । निर्वाचन अचारसंहिताको कारण कुनै औपचारिक कायक्रम नगरी देशव्यापी रुपमा रक्तदान सप्ताह कार्यक्रम सम्पन्न गरी कम्पनीले आफ्नो वार्षिकउत्सव मनाएको हो ।

कात्तिक २७ बाट सुरु भई मंसिर २ सम्म देशभर सातै प्रदेशमा सम्पन्न हुने रक्तदान कार्यक्रममा मंसिर १ गतेसम्म बैंक तथा बीमा कम्पनीका कर्मचारीहरु, खेलाडी, विद्यार्थी, बीमा सर्भेयर, एजेन्ट तथा सर्वसाधारण जनता गरी एघार सय भन्दा बढी व्यक्तिले रक्तदान गर्नु भएकोे छ भने मंसिर २ गते सम्ममा करिब पन्ध्र सय व्यक्तिहरुबाट रक्तदान गरिने अपेक्षा रहेको छ ।

वि.सं. २०६१ सालमा १५ औं निर्जिवन बीमा कम्पनीको रुपमा स्थापना भएको शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापना को छोटो समयमै आम जनमानसमा भिन्न प्रकारको छाप छोड्दै नेपालको अब्बल बीमा कम्पनीको रुपमा आफुलाई स्थापित गर्न सफल भएको छ ।

१० करोडको चुक्ता पुँजीबाट स्थापना भएको यस कम्पनीको हाल २२८ करोडको चुक्ता पुँजी रहनुका साथै ४८१ करोडको नेटवर्थ सहित निजि क्षेत्रबाट प्रवद्र्धित बीमा कम्पनीहरुमध्ये सबै भन्दा बढी नेटवर्थ रहेको निर्जिवन बीमा कम्पनीका रुपमा स्थापित गर्न सफल भएको छ ।

चुक्ता पुँजी, नेटवर्थ, शाखा संजाल, कर्मचारी संख्या, बीमा शुल्क तथा दाबी भुक्तानी, सोल्भेन्सी मार्जिन लगायत अन्य प्रमुख सुचकांकमा शिखर इन्स्योरेन्स अन्य बीमा कम्पनीहरु भन्दा अग्रणी स्थानमा रहेको छ । स्थापनाको १८ वर्षको अवधिमा शिखर इन्स्योरेन्सले नगद लाभांस तथा बोनस शेयर गरी सर्वाधिक २७५ प्रतिशतको शेयरधनी प्रतिफल प्रदान गरेकोे छ ।

साथै, स्थापनाको १८ वर्षको अवधिमा यस कम्पनीले १७ अर्व भन्दा बढीको दाबी भुक्तानी गरेको छ । कम्पनीबाट चुस्त रुपमा हुने दाबी फछ्र्यौटकै कारण विश्वसनिय बीमा कम्पनीको रुपमा स्थापित गर्न सफल भएको छ । शिखर इन्स्योरेन्सले आ.व. २०७८।७९ मा नेपालको निर्जिवन बीमा क्षेत्रमै पहिलोपटक रु ५०० करोड भन्दा बढीको बीमा शुल्क संकलन गरी ऐतिहसिक सफलता हासिल गरेको थियो ।

नेपालमा बीमाको पहुँच अभिवृद्धि गर्न शिखर इन्स्योरेन्सले जुम्ला, हुम्ला, कालिकोट, मुगु, मुस्ताङ, बझाङ, दैलेख, डोटी, डोल्पा, ताप्लेजुङ, संखुवासभा जस्ता दुर्गम भेगमा समेत गरी ११२ शाखा कार्यालयहरु मार्फत बीमा सेवा प्रदान गर्दै आएको छ ।

बीमाको क्षेत्रलाई विस्तार गर्न नेपालको भौगोलिक तथा आर्थिक आवश्यकता अनुरुपको बीमालेख जारी गर्ने कार्यमा समेत शिखर इन्स्योरेन्सको उल्लेखनीय योगदान रहेको छ । नेपालमा मौसमी सुचकांकमा आधरित कृषि बीमा, सुचकांकमा आधरित बाढी बीमा, मोटर अतिरिक्त लाभ बीमा जस्ता बीमालेखहरु शिखर इन्स्योरेन्सले मात्र प्रदान गर्दै आएको छ ।

मौसमी सुचकांक बीमालेख मार्फत दुर्गम भेगका किसानलाई भएको जोखिम तथा क्षतिको बीमा सुरक्षण प्रदान गरेकै कारण ‘युके एड’ बाट २०१९ मा ५० हजार पाउण्डस्ट्रलिङ सहितको पुरस्कार समेत प्राप्त गर्न सफल भएको छ । आगामी दिनमा समेत शिखर इन्स्योरेन्सले कृषि तथा पशुपक्ष्ािं बीमामा देशको आवश्यकता अनुरुप नविन बीमालेख सहित कृषि बीमाको विस्तार गर्नुका साथै देशभर स्वास्थ्य बीमाको विस्तार गर्ने योजना रहेको छ ।

यस १८ वर्षको अवधीमा कम्पनीले बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त गर्न सफल भएको छ । नेपालमा ए रेटिङ ९क्ष्ऋच्ब्(ल्ए० प्राप्त गर्ने एक मात्र बीमा कम्पनीका रुपमा रहेको शिखर इन्स्योरेन्सले नेपाल सरकार कृषि विभागबाट ‘कृषि बीमा तथा दाबी फछ्र्यौट गर्ने उत्कृष्ट बीमा कम्पनी’ को रुपमा समेत पुरस्कृत भएकोे छ भने विभिन्न संस्थाहरुबाट विभिन्न वर्षहरुमा बेष्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनी तथा इन्स्योरेन्स कम्पनी अफ ति एयरबाट समेत पुरस्कृत हुँदै आएको छ ।

साथै नेपाल सरकारबाट आर्थिक बर्ष २०७१।०७२ मा सबैभन्दा बढि कर दाखिला गर्ने कम्पनीका रुपमा सम्मानित हुनुका साथै नेपाल सरकारको समेत लगानी रहेको नेपाल पुनर्बीमा कम्पनी लि.बाट सबै भन्दा बढी नाफामुलक व्यवसाय प्रदान गरेकोमा समेत सम्मानित हुँदै आएको छ ।

आगामी दिनहरुमा कम्पनीका कर्मचारीहरुको दक्षता अभिवृद्धि गरी बीमा क्षेत्रको थप विकास गर्न स्वास्थ्य, कृषि तथा मौसम परिवर्तनसँंग सम्बन्धित जोखिम लगायत राष्ट्रको आवश्यकता अनुरुपको बीमालेख जारी गरी डिजिटल ट्रान्र्फमेशनसहित बीमाको विस्तार तथा बीमाको पहुँच अभिवृद्धि गर्दै जाने योजना रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स