प्रभु इन्स्योरेन्सको नाफा ४ करोड बढि

काठमाडौं । प्रभु इन्स्योरेन्सले चालु आवको पहिलो वित्तीय विवरण प्रकाशन गरेको छ । इन्स्योरेन्स कम्पनीले मुनाफा ७.५३ प्रतिशतले वृद्धि गरी ४ करोड ४ लाख १२ लाख पुर्याएको छ ।

प्रभु इन्स्योरेन्सको बीमा कोषमा ९४ करोड ९५ लाख ५४ हजार रुपैयाँ जम्मा गरेको छ । कम्पनीको बीमा कोष १४ प्रतिशतले वृद्धि भएको छ । जगेडा कोष र महाविपत्ति कोषसहित कुल कोषको आकार एक अर्ब २७ करोड ६० लाख ५० हजार रुपैयाँ पुर्याउन सफल भएको छ ।

एक अर्ब २८ करोड ९७ लाख १२ हजार रुपैयाँ चुक्ता पुँजी भएको प्रभु इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क आम्दानी ४१ करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको व्यवसाय ५.१० प्रतिशतले बृद्धि भएको छ ।
कम्पनीको व्यवस्थापन खर्च बढेर पाँच करोडबाट छ करोड पुगेको छ । त्यस्तै, कर्जा, लगानी तथा आम्दानीमा १७.६१ प्रतिशतले वृद्धि भई ९ करोडबाट ११ करोड ३४ लाख पुगेको छ ।

प्रभु इन्स्योरेन्स कम्पनीमा कायम बीमा पोलिसी संख्या ३० हजार १२९ वटा रहेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको बीमा पोलिसी संख्या १४.३८ प्रतिशतले वृद्धि भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स