गुराँस लाइफ इन्स्योरेन्सको नाफा ५४.८८ प्रतिशतले वृद्धि

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले ६ करोड ३५ लाख रुपैयाँ खुद नाफामा रहेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमाससम्म कम्पनी ४ करोड ९ लाख मात्र नाफामा थियो । नाफा ५४.८८ प्रतिशतले वृद्धि भएको छ ।

यस त्रैैमाससम्मा कम्पनीको खुद बीमा शुल्क आर्जनमा १३.९१ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा ८६ करोड ३३ लाख खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस त्रैमासको अवधिसम्ममा ७४ करोड ३२ लाख खुद बीमा शुल्क आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीको अभिकर्ता कमीशन ३१ प्रतिशत र व्यवस्थापन खर्च १६ प्रतिशतले बढेको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब ८ करोड रहेको छ । कम्पनी हाल युनियन र प्राईमसँग मर्जरको प्रकृयामा रहेको छ।

त्यस्तै, कम्पनीको जगेडामा ६४ करोड ४५ लाख संचित छ भन जीवन बीमा कोषमा १३ अर्ब ११ करोड रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीले २४ करोड १३ लाख खुद दावी भुक्तानी गरेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी १२ रुपैयाँ १९ पैसा रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स