काठमाडौं । नेपालको सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १३ करोड ४८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । इन्स्योरेन्स कम्पनीले गत आवको सोहि अवधिमा १३ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
गत असोज मसान्तसम्ममा कम्पनीले १ अर्ब २ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले चालु आवको ३ महिनामा ४५ करोड १८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको समीक्षा अवधिमा ४४ करोड ५० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीले १८ करोड ८७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ७२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।
चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँ रहेको शिखर इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ६० पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ २ सय १० रुपैयाँ ५९ पैसा रहेको छ । बैंकहरुमा कर्जा प्रवाह रोकिएको तथा देशको आर्थिक अवस्थामा सुस्तता आउँदा समेत कम्पनीको मुनाफामा वृद्धि गर्न सफल भएको हो ।