काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ करोड ३८ लाख बीमालेख जारी गरेर ३५ अर्ब ७७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । सो बीमा शुल्कमध्ये ५७ करोड ८३ लाख रुपैयाँ लघुबीमाबाट आर्जन गरेका हुन् ।
बीमा शुल्क आर्जन गर्ने पहिलो कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स परेको छ । कम्पनीले असोज मसान्तसम्ममा १० अर्ब ४ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने एनआईसी नेपालले ४ अर्ब ५१ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ४ अर्ब ३८ करोड ४ लाख रुपैयाँ कुल बीमा व्यवसाय गर्न सफल भएको छ । युनियन लाइफले १ अर्ब ९१ करोड ४२ लाख, एशियन लाइफले १ अर्ब ७४ लाख ३४ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सले १ अर्ब ७४ करोड ३४ लाख, सिटिजन लाइल इन्स्योरेन्स १ अर्ब ४७ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।
सूर्या लाइफले १ अर्ब ३२ करोड ४४ लाख, मेट लाइफ १ अर्ब ३१ करोड १ लाख, प्राइम लाइफ १ अर्ब १६ करोड १४ लाख, राष्ट्रिय बीमा संस्थानले १ अर्ब ११ करोड ६७ लाख, सन नेपाल लाइफ १ अर्ब ८१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
अन्य कम्पनीको बीमा शुल्क भने अर्बभन्दा कम रहेको छ । ज्योति लाइफले ९५ करोड १८ लाख, रिलायबल नेपाल लाइफले ८९ करोड ३१ लाख, आईएमई लाइफ, ८७ करोड १४ लाख, रिलाइन्स लाइफले ७८ करोड ८० लाख, गुराँस लाइफले ७५ करोड ७ लाख, सानिमा लाइफले ५८ करोड २५ लाख, प्रभु लाइफले ५३ करोड ७२ लाख रुपैयाँ र महालक्ष्मी लाइफले ४० करोड ५२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरको छ ।