राष्ट्रिय बीमा कम्पनीको आम्दानी बढ्यो, नाफामा पनि उछाल

काठमाडौं । सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीको आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण खुद बीमा शुल्क आम्दानी दोब्बरभन्दा बढिले बढाएको छ गत आवको ३ महिनामा जम्मा ७ करोड ३६ लाख ४२ हजार रुपैयाँ खुद बीमाा शुल्क संकलन गरेकोमा चालु आवको तीन महिनामा १५ करोड ८२ लाख ५२ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ ।

कम्पनीको कुल बीमा शुल्क आम्दानीमा पनि छलाङ मारेको छ । गत आवको ३ महिनामा ४४ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क आम्दानी गरेकोमा चालु आवको तीन महिनामा १ अर्ब १३ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । कम्पनीमा नयाँ सीईओको प्रवेशसँगै आम्दानीमा उछाल आएको हो ।

कम्पनीको मुनाफा भने केही घटेको छ । गत आवको तीन महिनामा ६ करोड २० लाख ८७ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेकोमा चालु आवको तीन महिनामा ५ करोड ३८ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीको व्यवस्थापन खर्च केही घटेको छ । कर्जा, लगानी र अन्यबाट प्राप्त आम्दानी बढेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २०.२० रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३९०.०१ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स