नेपाल लाइफ इन्स्योरेन्सको नाफामा छलाङ, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३९८.२२ प्रतिशत बढी हो ।

इन्स्योरेन्सको आम्दानी बढेसँगै नोक्सानी व्यवस्था घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड ८ लाख रुपैयाँ नोक्सानी वापत व्यवस्था गरेको थियो । चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ७१ लाख रुपैयाँ मात्र यस्तो व्यवस्था गरेको छ । सो कारण कम्पनीको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क १.९७ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी २.२३ प्रतिशत बढेको छ । इन्स्योरेन्सको कुल बीमाशुल्क १.४३ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सले २२ हजार १२५ दावीवापत ३ अर्ब ९६ करोड ११ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १ अर्ब ३२ करोड रुपैयाँ दावी भुक्तानी गर्न बाँकी रहेको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पूँजी १४ प्रतिशत बढेको छ भने जगेडा कोष १२९.०४ प्रतिशत बढेका छ । जीवन बीमा कोष १९.६४ प्रतिशत बढेको छ भने महाविपत्ती जगेडा कोष ३१.६२ प्रतिशत बढेको छ ।

नाफासँगै इन्स्योरन्सको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ८ रुपैयाँ १७ पैसा बढेर ८ रुपैयाँ ५६ पैसा पुगेको छ । असोज मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६७.९७ गुणा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स