ज्योति लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, मर्जरका लागि तय भएको स्वाप रेसियोलाई स्वीकृति प्रदान

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको उक्त सभा वाटरफ्रन्ट रिसोर्ट पोखरामा सम्पन्न भएको हो । सभामा मर्जरका लागि तय भएको सेयर स्वाप रेसियोलाई स्वीकृति प्रदान गरेको छ।

दुवै कम्पनी एक बराबर ०.८२४५ कित्ता सेयर आदनप्रदान गर्ने गरी मर्जरमा जान लागेका हुन् । सभाले मर्जर कार्यका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालन समितिलाई दिने निर्णय पारित गरेको छ । सभाले मर्जर पश्चात् ‘सूर्या ज्योति लाइफ इन्स्योरेन्स’ कम्पनीको नामाकरण गर्ने प्रस्ताव पारित गरेको छ।

त्यस्तै, आज बसेको सभाले मर्जर कार्यसँग सम्बन्धीत प्रचलित कानुन, नियम, निर्देशिकाहरु बमोजिम अपनाउनुपर्ने तथा गनुपर्ने सम्पूर्ण कार्यहरु वा प्रकृयामा पुरा गरि अन्तिम स्विकृती लिने सम्पूर्ण कामको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारित गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स