सूर्या लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, मर्जरमा जाने विशेष प्रस्ताव पारित

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार विराटनगरमा सम्पन्न सभाले ज्योति लाइफ इन्स्योरेन्स कम्पनीसँग एकआपसमा गाभ्ने, गाभिने तथा मर्जरमा जाने सम्बन्धि विशेष प्रस्ताव पारित गरेको छ ।

सभाले ज्योति लाइफसँग गाभिएपश्चात बन्ने जीवन बीमा ब्यवसाय गर्ने कम्पनीको नाम ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड’ कायम गरी सो नामबाट जीवन बीमा ब्यवसाय गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

साथै दुवै कम्पनीको चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन (डीडीए) तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर अनुपात १ः०.८२४५ (सूर्याको १ कित्ता सेयर बराबर ज्योतिको ०.८२४५ कित्ता) कायम गर्ने गरी मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

यसबाहेक मर्जरपछि बन्ने कम्पनीको रजिष्टार्ड कार्यालय विराटनगर महानगरपालिका वडा नं. ७ विराटनगर, मोरङ प्रदेश १ मा रहने तथा कर्पोरेट कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १ ३० ज्ञानेश्वर काठमाडौंमा रहने प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै, एक आपसमा गाभिएपश्चात कम्पनीको अधिकृत पुँजी, जारी पुँजी तथा चुक्तापुँजी बृद्धि गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

यसबाहेक उक्त सभाले सामान्य प्रस्तावबमोजिम आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन उपर छलपल गरी पारित गरेको छ । त्यस्तै, २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता विवरणमाथि छलफल गरी पारित गरेको छ ।

त्यस्तै, लेखापरिक्षण समितिको सिफारिबमोजिम आव २०७८।७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स