निर्जीवन बीमा कम्पनीहरूको बीमाशुल्क ११ अर्ब नजिक, कुन कम्पनीले कति गरे व्यवसाय ?(प्रदेशगत)

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमास असोजसम्म निर्जीवन बीमा कम्पनीहरूले करिब १० अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार १९ वटा निर्जीवन बीमा कम्पनीहरुले १० अर्ब ८४ करोड २४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

असोज महिनामात्रै निर्जीवन बीमा कम्पनीहरूले २ अर्ब ९६ करोड ७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा कम्पनीहरूले २ लाख ४४ हजार ९७ वटा बीमा पोलिसी बिक्री गरेर सो शुल्क कमाएका हुन् ।

यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ११.८५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको असोजसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ९ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।

कुल बीमा शुल्क आर्जनमा राष्ट्रिय बीमा कम्पनी शीर्षस्थान रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको असोजसम्ममा सबैभन्दा धेरै १ अर्ब २६ करोड ४५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

यो निर्जीवन बीमा कम्पनीहरूले आर्जन गरेको कुल बीमाशुल्कको ११.६६ प्रतिशत हो । कम्पनीले १० हजार २५५ बीमालेख जारी गरेर सो शुल्क कमाएको हो । राष्ट्रिय बीमा कम्पनीले असोज महिनामा भने न्यून व्यवसाय गरेको छ ।

सरकारी स्वामित्वको बीमा कम्पनी भएकाले फाष्ट ट्याकजस्तो ठूला परियोजनाको बीमा यहि कम्पनीमार्फत भएकोले यसको बीमा शुल्क अन्यको भन्दा बढी भएको हो । यसअघि शिखर इन्स्योरेन्स बढी व्यवसाय गर्ने कम्पनीमा पर्ने गरेको थियो ।

कुल बीमाशुल्क आर्जनमा राष्ट्रिय बीमा कम्पनी पछि शिखर इन्स्योरेन्स रहेको छ । शिखरले यस अवधिमा १ अर्ब २ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले ६१ हजार ५८५ वटा बीमा पोलिसी बिक्री गरेर सो शुल्क कमाएको हो । शिखर इन्स्योरेन्सले ३४ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

यस्तै सगरमाथा इन्स्योरेन्सले ८५ करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सगरमाथा इन्स्योरेन्सले असोज महिनामा २६ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी चालु आवको पहिलो त्रैमासमा नेको इन्स्योरेन्सले ८२ करोड ८४ लाख रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले ७६ करोड ४९ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ७३ करोड ३४ लाख रुपैयाँ, एनएलजीले ६१ करोड ८ लाख रुपैयाँ, प्रिमियरले ५६ करोड ९८ लाख रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सले ५० करोड २४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा भने जनरल इन्स्योरेन्स कम्पनी रहेको छ । जनरल इन्स्योरेन्सले यस अवधिमा २५ करोड १८ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनहिरुले आर्जन गरेको कुल बीमाशुल्कको २.३२ प्रतिशत मात्रै हुन आउँछ ।

यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सको बीमाशुल्क ३८.१३ प्रतिशतले बढेर ५० करोड २४ लाख रुपैयाँ पुगेको छ । नेपाल इन्स्योरेन्स, सानिमा जनरल, आइएमई लाइफ इन्स्योरेन्सको बीमाशुल्क पनि २० प्रतिशत भन्दा धेरैले बढेको छ । सबैभन्दा कम बीमा शुल्क बढाउनेमा भने शिखर इन्स्योरेन्स रहेको छ । शिखरको बीमाशुल्क १.६७ प्रतिशतले मात्रै बढको छ । गत आर्थिक वर्षको यही अवधिमा शिखरले १ अर्ब ३२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

बीमा व्यवसाय गर्नेमा बागमती पहिलो कर्णाली पुच्छारमा

निर्जीवन बीमा कम्पनीहरूले गरेको व्यवसायको तथ्यांकलाई हेर्दा वागमती प्रदेश पहिलो स्थानमा रहेको छ भने कर्णाली प्रदेश कम व्यवसाय गर्ने प्रदेशमा परेको छ । चालु आवको असोजसम्म वागमती प्रदेशले ७ अर्ब ३२ करोड रुपैयाँको व्यवसाय भएको छ भने कणाृली प्रेदशले ९ करोड ३७ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ ।

बढी बीमा व्यवसाय गर्ने प्रदेशको दोस्रोमा स्थानमा लुम्बिनी प्रदेश र तेस्रोमा प्रदेश १ परेको छ । यो अवधिमा लुम्बिनी प्रदेशले ९८ करोड ३८ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ भने प्रदेश १ ले ९२ करोड ३८ लाख रुपैयाँको व्यवसाय गरेको छ ।

मधेश प्रदेशले ६५ करोड ५९ लाख, गण्डकीले ६१ करोड १८ लाख र सूदुरपश्चिमले २५ करोड ८० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स