३० वर्षपछि नाम परिवर्तन भएर बन्यो नेपाल बीमा प्राधिकरण, नयाँ बीमा ऐन कार्यान्वयनमा

काठमाडौं । ३० वर्षपछि बीमा समितिको नाम बीमा प्राधिकरण बनेको छ । बीमा ऐन, २०४९ संशोधन भएसँगै बीमा समितिको नाम नेपाल बीमा प्राधिकरण रहन गएको हो । आज कात्तिक २२ गतेबाट नयाँ बीमा ऐन, २०७९ लागू भएको छ । योसँगै बीमा समिति पनि ‘नेपाल बीमा प्राधिकरण’ मा रुपान्तरण भएको छ ।

नेपाल बीमा प्राधिकरण  रूपमा शुभारम्भ भएकाे छ। कुपण्डाेलस्थित पुरानाे बीमा समितिकाे भवनमा नेपाल बीमा प्राधिकरणकाे औपचारिक रूपमा सुरूवात गरिएकाे हाे । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले नयाँ कार्यालयकाे शुभारम्भ गरेका छन् ।

बीमा समितिको नाम परिवर्तन भएर नेपाल बीमा प्राधिकरण रहेपनि बीमा समितिको लोगो भने परिवर्तन भएको छैन । राष्ट्रिय सभाले बीमा ऐन पारित गर्ने समयमा यो ऐन प्रमाणीकरण भएको ३१ औ दिनदेखि लागू हुनेछ । व्यवस्था थप गरिदिएकाले आजदेखि बल्ल जारी भएको हो ।

झन्डै एक दशकको प्रयासमा नयाँ बीमा ऐन ल्याउन बीमा समिति सफल भएको हो । गत असोज २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरणपछि नयाँ बीमा ऐन, २०७९ लागू हुने बाटो खुलेको हो ।

नयाँ ऐनले बीमा समितिको संरचना बीमा प्राधिकरणको संरचना हुने भनिएकोले यो संरचनाले आफ्नो कार्यावधिभर काम गर्न पाउनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स