नेपाल रि आठौं वर्षमा प्रवेश, अन्तर्राष्ट्रिय व्यवसाय वृद्धि गर्ने प्रतिवद्धता

काठमाडौं । नेपाल रि इन्स्योरेन्स कम्पनी आजबाट नवौं वर्षमा प्रवेश गरेको छ । नेपाल रि नेपालको पहिलो पुनर्बीमा कम्पनी हो । नेपाल सरकार मुख्य प्रबद्र्धक रहेको नेपाल पुनर्बीमा कम्पनीले २०७१ साल कार्तिक २१ गते औपचारिक शुभारम्भ गरिएको थियो ।

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा. रविन्द्र घिमिरेले अन्तर्राष्ट्रिय जगतका सामू विश्वासयोग्य कम्पनीको रुपमा स्थापित गराएर कम्पनीको अन्तर्राष्ट्रिय व्यवसाय वृद्धि गर्ने प्रतिबद्धता गरेका छन् ।

वार्षिकोत्सवको अवसरमा अध्यक्ष डा. घिमिरेले शुभकामना सन्देश दिँदै भनका छन् ‘कम्पनीले छोटो अवधीमा राम्रो अन्तर्राष्ट्रिय छवि बनाउन सफल भएको छ, नेपालबाट वार्षिक अर्बौ रुपैयाँ विदेश जान जोगिएको छ, अन्तर्राष्ट्रिय मुद्रा आर्जन गर्ने देशकै गौरवयोग्य कम्पनी बनेको छ ।

यसमा योगदान दिने नेपाल सरकार, सेयर लगानीकर्ताहरू, पूर्व प्रशासकहरू, सबै कर्मचारीहरू, बीमा कम्पनीहरू, पुनर्बीमा एजेन्टहरू र नियामक निकायसहित सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझै विश्वासयोग्य कम्पनीको रुपमा स्थापित गरेर उत्कृष्ट पुनर्बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जाहेर गर्दछौं ।’

वार्षिकोत्सवको अवसरमा नेपाल पुनर्बीमा कम्पनीका सीईओ शंकर रायमाझीले नेपालबाट र अन्तर्राष्ट्रिय क्षेत्रबाट पुनर्बीमा शुल्क संकलन गरेर नेपाल पुनर्बीमा कम्पनीलाई विश्वासयोग्य र उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता व्यक्त गर ।

७ वर्षको दौरानमा कम्पनीले नेपालमा सञ्चालित ३८ वटा बीमा कम्पनीहरूलाई पुनर्बीमाको विकल्प दिँदै ठूलो पुँजी विदेशिनबाट रोक्न सफल भएको उनले बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स