सानिमा जिआईसी इन्स्योरेन्सको सीईओमा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन् । कार्तिक ७ गते बसेको संचालक समितिको बैठकले उनलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी मर्ज भएर सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी बनेको हो।

कम्पनीको सञ्चालक समितिमा अध्यक्षसहित ६ जना नियुक्त भएका छन् । जस अनुसार कम्पनीको अध्यक्षमा कुनाल कयाल चयन भएका छन् भने संचालकहरुमा डा. हेमन्त कुरा दवाडी, सोनाम गयाछो, कृष्ण बोहोरा, मिट मुरारका अग्रवाल, र प्रकाशमान श्रेष्ठ चयन भएका छन्।

विगत दुई दशकदेखि बीमा क्षेत्रमा कार्यरत उपाध्यायले २०७७ जेठदेखि सानिमा जनरल इन्स्योरेन्समा सीईओको कार्यभार सम्हाल्दै आएका थिए । सानिमा जनरलमा आउनु अघि उनी प्रिमियर इन्स्योरेन्स कम्पनीमा सीईओ थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स