पुराना कम्पनीलाई उछिन्ने दौडमा सिटिजन लाइफ, ७३ प्रतिशतसम्म दिने भयो बोनस

काठमाडौं । पछिल्लो समय स्थापना भएको सिटिजन लाइफले आफ्ना वीमितहरूलाई पुराना कम्पनीको सरह नै बोनस दिने भएका छन् । नयाँ कम्पनी खस्कदै गएको अवस्थामा पनि सिटिजन्स लाइफले भने ७३ प्रतिशतसम्म बोनस दिने घोषणा गरेको हो । उक्त बोनसदर बीमा समितिले पारित गरिसकेको छ ।

दिगो जीवन बीमा व्यवसायमा प्रतिबद्ध रही व्यवसा गर्दै आएको कम्पनीले स्थापनाको छैटौं वर्ष प्रवेश गरेको अवसरमा पुराना कम्पनी सरह अधिकतम् ७३ रुपैयाँ बोनसदर सार्वजनिक गर्न सफल भएपछि कम्पनीमा आबद्ध बीमा अभिकर्ताहरु उत्साहित बनेका छन् ।

आव २०७७÷७८ को वित्तीय विवरणमा आधारित नयाँ बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिबाट स्वीकृति भएको नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीको बोनसदर बीमा समितिले यही कार्तिक ४ गते स्वीकृत गरेको थियो ।

सिटिजन लाइफले आज आइतबार प्रकाशित गरेको बोनसदर आफ्नो कम्पनीबाट बीमा गराएका बीमितहरूलाई न्यूनतम २५ रुपैयाँदेखि अधिकतम् ७३ रुपैयाँ प्रतिवर्ष प्रतिहजार बोनस निदे भएको छ । घोषित बोनसदर अनुसार अग्रिम भुक्तानी सावधिकमा न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम् ५५ रुपैयाँसम्म बोनस पाउनेछन् । उक्त बीमा पोलिसी १० वर्षदेखि २४ वर्षसम्ममा पोलिसीहरू रहेका छन् ।

सावधिक जीवनबीमा लेखमा ९ वर्षसम्मका पोलिसीले ३८ रुपैयाँ, १० देखि १४ वर्षका पोलिसीहरुले ४२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका पोलिसीहरूले ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मका पोलिसीहरूले ५० रुपैयाँ, २५ देखि २९ वर्षसम्मका पोलिसीहरूले ६३ रुपैयाँ र ३० वर्ष सो भन्दा माथिका पोलिसीहरूले ७३ रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् ।

सिटिजन शुभारम्भ बीमा पोलिसीहरुमा ९ वर्षसम्मका पोलिसीले ३५ रुपैयाँ, १० देखि १४ वर्षका पोलिसीहरुले ३८ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका पोलिसीहरुले ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मका पोलिसीहरुले ४५ रुपैयाँ, २५ देखि २९ वर्षसम्मका पोलिसीहरुले ६० रुपैयाँ र ३० वर्ष सो भन्दा माथिका पोलिसीहरुले ७० रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् ।

सिटिजन लाइफले बिक्री गर्दै आएको वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा ९ वर्षसम्मका पोलिसीले २५ रुपैयाँ, १० देखि १४ वर्षका पोलिसीहरुले २७ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका पोलिसीहरुले ३० रुपैयाँ, २० वर्ष सो भन्दा माथिका पोलिसीहरुले ३५ रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् ।

कम्पनीका अनुसार सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथी योजना) मा ९ वर्षसम्मका पोलिसीले ३७ रुपैयाँ, १० देखि १४ वर्षका पोलिसीहरुले ३८ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका पोलिसीहरूले ४० रुपैयाँ पाउने छन् । २० देखि २४ वर्षसम्मका पोलिसीहरूले ४२ रुपैयाँ, २५ देखि २९ वर्षसम्मका पोलिसीहरुले ५७ रुपैयाँ र ३० वर्ष सो भन्दा माथिका पोलिसीहरुले ७० रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स