सात कम्पनीले दिए बीमा समितिमा लघु बीमाको लागि आवेदन

काठमाडौं । लघुबीमा कम्पनीको लाईसेन्सको लागि हालसम्म ७ वटा कम्पनीले आवेदन दिएका छन् । बीमा समितिले आवेदन माग गरेको मिति समाप्त हुन २ दिन मात्र बाँकि रहँदा समितिमा ७ वटा कम्पनीले आवेदन दिएका हुन् ।

समितिमा आवेदन दिने कम्पनीहरूमा नेको लाइट (जनरल) इन्स्योरेन्स, स्वेदेशी लघु जीवन बीमा, जानकी जीवन बीमा, नेपाल माइक्रो इन्स्योरेन्स, गण्डकी माइक्रो इनस्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स र एभरेष्ट माइक्रो इन्स्योरेन्स रहेका छन् ।

बीमा समितिले ३५ दिन भित्र आवेदन दिन भन्दै भदौ १० गते सूचना सार्वजनिक गरेको थियो । बीमा समितिले ३ वटा जीवन र ४ वटा निर्जीवन गरि बढीमा ७ वटा लघुबीमा स्थापना गर्न आवेदन माग गरेको हो ।

७५ करोड रुपैयाँ चुक्ता पुँजी भएका कम्पनीलेमात्रै लघुबीमाका लागि आवेदन दिन सक्ने छन् । उक्त कम्पनीमा पनि संस्थापकले कम्तिमा ५१ प्रतिशत सेयर धारण गर्नु पर्ने हुन्छ भने ३० प्रतिशत सेयर आईपीओ मार्फत सर्वसाधारणलाई निष्काशन गर्नु पर्ने छ । ५ प्रतिशत सेयर कर्मचारीलाई दिन सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स