प्राइम लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ८० रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमितहरुका लागि आर्थिक वर्ष २०७७/०७८ को नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले आव २०७७/०७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा समितिबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो । बीमा समितिले यही भदौ ३० गते स्वीकृत गरेको बोनस दर कम्पनीले आज सार्वजनिक गरेको हो ।

कम्पनीले आज सार्वजनिक गरेको नयाँ बोनस दर अनुसार बीमितले अधिकतम प्रतिवर्ष प्रति हजार ८० रुपैयाँसम्म बोनस पाउनेछन् ।

१. सावधिक जीवन बीमालेख
कम्पनीले यस बीमा योजनामा न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । जसअनुसार, ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि पनि ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४५ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५० रुपैयाँ, २५ वर्षदेखि माथि अवधिको लागि ७० रुपैयाँ बोनसदर कायम गरेकोे छ ।

२. सावाधिक तथा आजीवन बीमालेख
कम्पनीले यस बीमा योजनामा न्युनतम ३६ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ३६ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५७ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

३.अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
कम्पनीले यस बीमा योजनामा न्युनतम ५० रुपैयाँदेखि ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले १० देखि १४ वर्ष अवधिको लागि ५० रुपैयाँ,१५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ५८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ६५ रुपैयाँ बोनसदर कायम गरेको छ भने २५ वर्ष अवधिभन्दा माथिको लागि कम्पनीले प्रति हजार ८० रुपैयाँ बोनसदर कायम गरेको छ ।

४. प्राइम जीवन उपहार(अग्रिम भुक्तानी) जीवन बीमा योजनामा कम्पनीले १६ वर्षे अवधिमा प्रति हजार ४२ रुपैयाँ र प्राइम जीवन उपहार (सावाधिक) जीवन बीमा योजनामा कम्पनीले ४० रुपैयाँ बोनसदर कायम गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स